Sunday, November 13, 2011

के अघि सार्छौ ?

भानुभक्त कालिदास कलम् अघि सार्छन
राजनीति चाहार्नेले छलम् अघि सार्छन


हैन हैन प्रेम गर्छु भनि भन्नेहरु
चोट खाइ चित्त फाटे मलम् अघि सार्छन


भारतीय दलालहरु ब्वासा जस्तै चंख
नेता भने खुसि पार्न जलम् अघि सार्छन


प्रतिरोध गर्नेहरु को छ आफ्नै पारा
बच्चाहरु रोइ रोइ बलम् अघि सार्छन


मादकीय आतिथेय चाहना हो सबको
मन्दिरमा जाउ तर फलम् अघि सार्छन

Friday, November 11, 2011

गीत-रेलिमाई

by Chacha Bihangam on Friday, October 21, 2011 at 10:32am
साँझ पर्यो रेलिमाई जुनकिरी बलेन
माया न भै रेलिमाई यो जोबन ढलेन
@ @ @
मुखियाको रेलिमाई तिनौटी छोरी
जेठिभंदा रेलिमाई माइली त झन् गोरी
@ @ @
लोकतन्त्र रेलिमाई आएर किन
जनतालाई रेलिमाई झन दुख दिन्दिन
@ @ @
पानि पर्यो रेलिमाई हरियो भयो घास
संबिधान रेलिमाई भन्दैमा दिनको नास
@ @ @
नेपालमा रेलिमाई सुनौलो बिहान
भ्रस्टाचारी रेलिमाई खोज्दै छन् चिहान
@ @ @
रानीबारी रेलिमाई खुर्सानी हरियो
रामबाबुको रेलिमाई के चालमा परियो
@ @ @
सुन्दरीजल रेलिमाई तार काँडा घेरेको
अचम्म भो रेलिमाई कांग्रेसले छेरेको

लेख कबिता लेख !

लेख कबिता लेख !
by Chacha Bihangam on Saturday, October 29, 2011 at 11:18am
कुनै दिन फुर्छ ,
कुनै दिन मुहुर्त कुर्छ
लेख्न थाल्यो कबिता
कताकताबाट जुर्छ
लेख कबिता लेख ,
लेख कबिता लेख
तर आज यसरि
यसरि नै मर्यो मेख
लेख कबिता लेख ,
लेख कबिता लेख
* * *
भोगेका रोजेका अनि
साथमा खोजेका
कतिपय आए ,
कति कति गए
थाहा छैन के के भए,
कोहि टुक्रिए ,
कोहि ठुक्रिए
केहि फक्रिए ,
केहि लत्रिए
केहि नांगिए ,
कोहि झांगिए
बेला बखत अनुसार
दौडमा
कोहि अगाडी भए
कोहि पछाडी गए
केहि शिर चढे ,
केहि भुइँ झरे
कुनै गम्किये
कुनै चम्किए
जम्न सक्ने जमे
बग्न लायक बगे
आउने आइरहेछन
जाने गइ रहेछन
आउछन ,बस्छन
खस्छन जान्छन
स्थिति यहि हो
लेख कबिता लेख
लेख कबिता लेख ,
* * *
कुनै दिन जुर्छ
कि मुहुर्त कुर्छ
उक्लने माथि उक्लन्छन
ठाउ आ -आफ्नो सबैको
ओगटछन एकै छिन
कोहि दोहोरिन्छन
रोकिन्छन ,चल्छन
झिलिक्क गर्छन
दन्दनी बल्छन
पोखिन्छन छताछुल्ल
समेटीइन्छन बल्ल बल्ल
मस्तिस्कलाई प्रयोग गर्छन
रेलको लिग जस्तै ,
सफा गरिन्छन
सिग्नलले रोक्छ
खोल्छ पनि
यौटा चरो भित्रबाट बोल्छ
लेख कबिता लेख
लेख कबिता लेख
* * *
हासोमा आउछ
उडेर जान्छ
कावा खान्छ
घोप्टिन्छ ,उत्तानो पर्छ
पछारिन्छ ,उठ्छ दगुर्छ
साँचोमा ढालेपछि
चेपटीन्छ ,मोडिन्छ
धारिलो हुन्छ ,
धार कुडिन्छ
सार्हो गिलो
ठोस तरल
जे हुन्छ ,त्यै बन्छ
जे बन्छ ,त्यै हुन्छ
लेख्न चाहि पर्छ ,
लेख कबिता लेख
निद्रामा लेख
सपनामा लेख
जसरि भए पनि लेख
लेख कबिता लेख
लेख कबिता लेख
तर,
साबधान ! साबधान !
अल्छी लागे न लेख ,
लेख्दै न लेख !
* * *

क्या देखा कनेडामे ?

by Chacha Bihangam on Thursday, November 3, 2011 at 6:39am
(१)
निचेसे टावर दिखाकर बिबिसे पुछा मैने
देखो कितना बढा खडा है सिएन एन ?
बीबी कहती है ,अजी आप भी बुद्ढ़े हो गए है,
मैने सबाल किया बुढा हो गया कौन? टावर या मैं ?
बो कहती है, टावर मे तो पावर है, बुद्ढ़े हो गए हो आप.
(२)
इक दोस्त ने पुछा क्या देखा कनेडामे ?
हमने बताया '' बहुतसे सारे पगडियाँ''
उन्होने पुछा , किधर पढा था वो ?
सरदारको दिखाकर हमने कहा,
'उनके शिरपर ''
(३)
पडोसने पुछा कैसा था मौसम ?
हमने बताया डिगरी जिरो
अन्दाज लगाकर उसने कहा,
जिया होगा रजाइके बल !
राजाइका तो क्या कहना था पर
हमने छुपा रखि थि ''ज्याक डानियल'' .

गजल- फसाद !

by Chacha Bihangam on Saturday, November 5, 2011 at 1:48pm
ढोका खुला थियो भनि मुटुभित्र पसिन उनि !
साथ कोहि न देखेर ढुक्क भई बसिन उनि !!


ढुंगा खोज्दा देउता मिल्यो भन्दै मुटु छामिन !
चुंडीएको मुटु भेट्दा भण्डखारोमा फसिन उनि !!


चौटा पाउने आशा सबै झोलमा डुब्यो हेर !
ढोका फेरी बन्द हुँदा छाँगा बाट खसिन उनि !!

केवलपुरे किसान - एक संस्मरण !

''सबै चिज बाडेर खाने देशको पैसा विदेश न लाने ''

यसपल्ट सरसर्ती फेसबुक नियालेर साहित्यिक गति विधिमा डुबुल्की मार्दै जादा
अकस्मात छातीको एउटा कुनामा चिरिक्क कमिलाले टोके जस्तो भान भयो /
चिलायो कन्याएं / दुख्न थाल्यो / औषधि के होला भनेर घोत्लियें / ये! संस्मरण को
मलहम ले ठिक पार्ला भनि ठानेर यो लिपि तयार पारें/ कथा यसरि अघि बढ्यो :-

दुइ हज्जार एघार साल को उपद्र्याहा बाढी पैर्होबाट पिडित भए पछी सबै दाज्यु
भाइहरुलाई जे जे बाकि भयको अंश बण्डा लगाई सके पछी मेरा पिताजी पैरेका
पण्डित बालकृष्ण रुपाखेतीले अब देखि त्यस ठाउमा बसेर निर्बाह गर्न सकिंदैन
भनेर काठमान्डू को छेउ छाउतिर सर्ने निधो गर्नु भयो /
योजना अनुसार पिताजीले हामी दुइ काइलो ऋषिराम शर्मा जो काठमान्डू मै पढ्न
बस्नु हुन्थ्यो , उहाको खोज तलासमा स्वयम्भु मुनि बिजेस्वोरी को छेउ डल्लु भन्ने
ठाउमा कुनै ज्यापुको एक रोपनी आठ आना जग्गामा बनेको फुसको छाना भएको
काँचो इँट ले बनेको भुइँ तले घर रू .दुइ सय मा बन्दोबस्त गरेर खरिद गर्नु भयो र
त्यसलाई भत्काएर त्यही जगमा एक तला उठाएर माथि दुइ कोठा र बुइंगल मा
भान्सा गर्ने गरि तयार पर्नु भयो /त्यतिखेर म ताहाचलमा गुरुको घर मा बसेर पढ्थे र
दाजु बिस्नुमति नजिकैसाबुन कारखानामा काम गरेर बस्नुहुन्थ्यो /घर तयार भए पछी
आमा र म घरमा बस्न थाल्यौ /पिताजी ब्यबहार मिलाउनघर र शहर गर्न थाल्नु भयो /
सबै बन्दोबस्त मिलेपछिपैरे बाट दुध को लागि गोठ भरिको रोजा फुर्की नामको
गाइ ल्याएर छिडीमा पाल्ने गरियो /पछी माइलो दाज्यु टंक नाथ रुपाखेती ले उहाकी
कान्छी श्रीमति पतिको एक मात्र छोरा नबराजलाई पढाउन भनि संगै राख्ने बिचारले ल्याउनु भयो/
म स्कूल त्यहीबाट जान थालें /आमालाई सघाउ पघाउ हामी दुइ काका भतिजा र पिताजीको आगत
जावत संगै केहि पछीकाइलो दाज्यु,भाउज्यु समेत भै त्यो घरमा बस्न थाल्यौ /
नबराज हुन त ४/५ बर्ष जतिको हुँदो हो , म त्यति खेर १४ बर्ष जतिको ६ कक्ष्या मा पढ्थें /
नबराज केटाकेटी देखि नै अति झगडालु थियो र केहि सुधार होला कि भन्ने आशयले नै
पढाउने बिचार गर्नु भएको थियो दाज्युले / बारह्खरी
सिध्याई सकेको थियो उसले त्यतिखेर र पढाइ अघि बढाउँने योजना गर्दै थियौ /
बिस्तार बिस्तार धादिंग धुनी बेशी, महादेव बेशी र वर परका
सबैजसोले पैरेबाट पण्डित बसाइ सरेर काठमान्डू मा घर बनाएका छन् रे
भन्ने कुरा थाहा पाई सकेका थिए /मुख्य तया पिताजीले पुरेत्याई
गर्दै आइयेका बहुसंख्यक यजमानहरू चिन्तित थिए यद्यपि पिताजी घर र शहर गरेर धानी रहनु हन्थ्यो/
मुख्य आय श्रोत नै यजमानहरू भएकाले छोड्न सक्नु हुन्नथ्यो /
तत्काल केवलपुर,पण्डित पौवा ,मान्खु, अमर्खु र रानी बारी सबै एरिया पिताजीको पुरेत्याई भित्र पर्दथ्यो /
काठमाडौँ घरमा सबैतिरबाट कोहि न कोहि कामले आउदा पसेर, भेटेर ,बास बसेर
तिथि सम्झाएर पुरेतको यकिन गरेर जान्थे /

यस्तै सन्दर्भमा ''केवलपुरे किसान '' पनि हाम्रो घरमा आउने जाने गर्नु हन्थ्यो / मेरो उहासंग प्रथम चिनारी त्यसै ताका देखि भएको हो /
उहाले आएको बेलामा एक पटक ''बाघ आयो '' भन्ने सानो कवितात्मक पुस्तक छोडेर जानु भएको थियो / मेरो कबिता पढ्ने रुची उमार्ने
पुस्तक त्यहि नै थियो सर्ब प्रथम र लय हालेर पढ्थें /स्कूलको किताबसंग च्यापेर जान्थें / स्कूलमा साथीहरु संग पनि पढ्थें / घरमा पनि
मनोरन्जनको रुपमा कबिता पढ्ने बानि पर्यो / नबराज को धेरै झगडिया बानीले गर्दा हामि कसरी यसको बानी सुधार्ने भन्नेमा चिन्तित
थियौ / हुँदा हुँदा हामी धेरै झगडा गर्ने केटाकेटीलाइ नबे जस्तो भनेर संज्ञा दिन थाल्यौ / दाज्युले उसलाई पहाडबाट ल्याउदा उसको भात खाने थाल पनि लिएर आउनु भएको थियो / त्यो एउटा हलुको सेतो सिलावरको थाल थियो /उसलाई संधै त्यै थालमा भात दिनु पर्थ्यो /उ आफ्नो थाल कसैलाई छुन र त्यसमा खान कसैलाई दिदैन थ्यो /उसको अचम्म को झगडा गर्न बानि के थियो भने थालहरू फिजाएर भात पस्किने बेलामा अरुको थालमा भात हाल्नु भन्दा पहिले उसको थालमा पहिले पस्कनु पर्थ्यो / त्यति सम्म त सह्य थियो नै तर अरु थाल हरुमा भात पस्कन न दिएर जम्मै मेरो थालमा हाल भन्या.. किन अर्कोमा हाल्या भनेर लडी बुडी गरेर उधुमै मच्चाउथ्यो / चान चुने हिसाबले फुल्याउन कसैल
पनि सक्दैन थ्यो रकेहि सिप न लागे पछी दाज्युले जुरुक्क उठेर यो झ्याल बाट बाहिर फ्याकी दिन्छु तलाई भनेर झ्यालमा लगेर तुन्द्रुङ्ग बाहिर
पटि झुन्ड्याई अब रुने कि न रुने, झगडा गर्ने कि न गर्ने ? भनेर कल्याउनु हुन्थ्यों / उ त्यतिखेर गर्दिन...भनेर भन्थ्यो र भित्र तानेर पिर्कामा
थाच्याउनु हन्थ्योतैपनि उ अरुले खान थाली सक्दा सुँक्क सुँक्क गरिरको हन्थ्यो / फेरी खसाल्दिउ भने पछी अनि खान्थ्यो /
यसरि सधैको रडाको खाने बेलामाहुने हुनाले मैले अर्को कुनै उपाय निकाल्नुं पर्यो भनेर ''किसान्जीको'' बाघ आयो भन्ने किताब ल्याएर कबिता पढ्न थाले ,उ बीच बिचमा हि..ही..गरे र सुन्न थाल्यो अनि त्यै मौका मा आमाले सबैको थालमा भात पस्कनु भयो /
अनि मैले माथिको हरफ ''सबै चिज बांडेर खान पढेर, हेर किताबमा के लेखेको छ थाहा छ भनेर त्यो बाडेर खाने भन्ने कबिता त्यसलाई देखाई बाबु हेर त यहा त सबै बाडेर खाने पो भनेको रेछ किताबमा भने / उसले घांटी तन्काएर हेर्यो र कुरा बुझ्यो / अनि हामिलेसबैको थालमा किन भात हालेको त बाडेर खान हैन ? किन आफ्नो थालमा मात्र हाल अरुकोमा न हाल भनेर झगडा गरेको नत्र के हुन्छ थाहा छ भनेर किताब बन्द गरेर उसलाई त्यो किताबको '' बाघ आयो '' पढ्न लगाएँ उसलाई /अनि सुँक्क सुँक्क गरेर भात खान थाल्यो त्यस दिन देखि /
अनि हामी सबै मुखामुख मुसु मूस हाँसो लुकायर खान थाल्यौ /यसरि उ त्यस दिन देखि
झगडा न गरिकन खाने भयो / कबिजिले देशको लागि बताउनु भएको रामबाण प्रयोग गरेर
हाम्रो घरको समस्या समाधान भएको थियो भने देशको लागि उहाको चिन्ताले कति सम्म काम गर्यो ?
तर हाम्रो घरमा प्रयोगात्मक रुपमा उहाको चिन्तन सफल सिद्ध भयो / मेरो बाल्यकाल ताका कबिजिका
लय हालेर बाचन गर्ने कविताका भाब हरु बुढापाका हरुलाई पनि सुन्न र अर्थ बुझ्न मन पराउने खालका
हुने गर्दथे / साहित्यिक सागरमा डुबुल्की मार्दा चस्केको घाउमा मलम खोज्दा राहत को रुपमा यति शब्द
चुहिन गयो / श्रद्धेय कबि प्रति श्रद्धा सुमनका यी दुइ शब्द साथै उहाको आत्माको चिर शान्तिको कामना
गर्दै ढिलाई भए पनि फेरी एक पल्ट भन्छु :-
''सबै चिज बाडेर खाने ......
अस्तु/
राम चन्द्र शर्मा
कलंकी , हाल अमेरिका

Like · · Unfollow Post · Share · Delete

कविहरु हाम्रो !

by Chacha Bihangam on Tuesday, September 20, 2011 at 6:35am
कुराहरु माला जस्तै कवितामा उनि
छन्द लय मिलाएर लेखनाथको सुनि

भाब रस भर्नु पर्छ तल माथि मुनि
लय हाली बाचन गर्नु पैले आफै चुनि

थाहा हुन्छ कसो गरि चाचा विहंगम
लेख्ने गर्छ कबिता त्यो भनि पर्ला भ्रम

गार्हो साह्रो मान्नु हुन्न थप्नु परे श्रम
यसै गरि मिलाउनु कविताको क्रम

नब रस अलिकति जानी राखे राम्रो
पिङ त उसै मच्ची हाल्छ न भएनी काम्रो

पैले होला न उर्सेको सेल जस्तो दाम्रो
यस्तै गरि लेख्दा होलान् कविहरु हाम्रो !