सुनसान आधा रात, जोडी हुनु बेग्लै मजा
सपनामा शिखरको शिर छुनु बेग्लै मजा
.
दिनभरी उज्यालोमा भबराले फूल जस्तै
धन ज्ञान दुवै मिल्ने पुस्तक् फुनु बेग्लै मजा
.
बैंस चड्दो जवानीमा प्रेमआँखा अन्धो हुन्छ
न बुझेका अबस्थामा गिदी धुनु बेग्लै मजा
.
ऋषि मुनि हरु पनि सुरापान गर्थे भन्दै
गृहस्थीमा कामधेनु जस्तै दुनु बेग्लै मजा
.
तर यौटा कुरा सुन यहाँ ''चाचा विहंगम''
प्रायस्चित्त गर्नु पर्दा सम्झी रुनु बेग्लै मजा