Thursday, December 20, 2012

हाहाहा.... आफ्नो आङ्को छारो !


पाठशाला जाउ भन्दा संधै रुने गर्थ्यौ
नाकबाट लेदो तानी जिभ्रो छुने गर्थ्यौ
*
बाबु आमा भोकै राख्थे सप्रला कि भनि
गोठालोमा पेट भर्न बाख्री दुने गर्थ्यौ
*
शौचालय जाउ भन्दा मान्दै न मानेर
बिसर्जन पछि बरु कट्टु धुने गर्थ्यो
*
इजारमा सुर्केनोको बाँध्ने ढंग कस्तो
संधै भरि चुलेसिले गाँठो फुने गर्थ्यौ
*
प्रस्न उठ्यो होला मन्मा को पो होला भनि
"विहंगम" सपनामा   कबि  हुने  गर्थ्यौ

पढी लेखि ज्ञानी बनौ

 

रुख बुढो भयो भने पात झर्न थाल्छन
बाघ बुढो हुँदा हजुर दात झर्न थाल्छन
'
एकदिन  संसारमा  सबै  बुढो हुन्छन
हामी बुढो हुँदा कुरा-बात झर्न थाल्छन '
'
बराबरी  छैनन्  भने दिदिबैनीका घर
हाराहारी न दिनु है घात झर्न थाल्छन
'
साँध जोडी अंश  दिए  दाजुभाइलाई
खुकुरी त अन्तिम हो लात झर्न थाल्छन
'
घाम  छेक्दा बादलुले दिन ढाकिए झैँ
अहंकार पाल्नु हुन्न रात झर्न थाल्छन
'
जिन्दगीमा सुख दुख संधै घुमी रंछ्न
सुख बाड्नु नत्र साढे-सात झर्न थाल्छन
'
पढी लेखि ज्ञानी बनौ भन्छ "विहंगम"
खालि हात बस्नु हुन्न खात झर्न थाल्छन

है जबाब ?

पतझड आने वाला हि था
इस  हवाके झोका क्यों ?
और किसिके होचुकी हो तो
फिर मुझसे नाहक धोका क्यों ?
राह अलग थि और, मंजिले भी
तय करलेती मुझको रोका क्यों ?
हाथ धोना हि था, धो लिया मैने
फिर आजादिमे  माथा ठोका क्यों ?

डटकम संजाली !

 

परिपूर्ण म आफै छु भन्ने दंगाली देखिए
भरिएका भकारीमा पूर्ण कंगाली देखिए
 1
धन सम्पन्नतामा छन् तर दान मुठी दिन
कन्जुसी दिलमा राख्दै बस्ने संगाली देखिए
 2
भगाई    कटुतापूर्ण  शब्दले  सुन्दरी   हरु
रम्ने ति रतिमा आफ्नै सुख अंगाली देखिए
 3
मान्य छु सबको भन्दै बामे सर्ने शिशुकन
हात थामेर छोड्ने ती त्यस्ता जन्जाली देखिए
4
माछा देखे दुलो भित्र सर्पको न गरि डर
सर्प छामेर माछै हो भन्ने  बंगाली देखिए
5
प्रयोग  फेबुको   गर्दै यसबाटै चिने  भनि
टिप्पणी ठोकुवा गर्ने डटकम संजाली देखिए
6
नेताको कानमा साउती मार्न टाडा भए पछि
बरु कोठे र  हुक्के भै बस्ने टंगालि देखिए !

घरबार

आकाश बाट के उडी आयो हिउ  पो हो कि सानु
मनको पिर माइत जाने  निउ  पो हो कि सानु
=
गएर  बस  दुइ   चार दिन  म  बिदा   दिनेछु
साथमा आउदा ल्याउने गाइको घिउ पो हो कि सानु
=
सानो   छ    हाम्रो  संसार   हेर सानै  छ   घरबार
मनमा भए आनन्द लाग्ने जिउ पो हो कि सानु

प्रहार

अर्ति बुद्धि शिरोपर गर्दै मान्नु पर्छ मैले
आफै पनि के के गर्ने भन्ने जान्नु पर्छ मैले


असल कुरा  छुट्टयाउन  महासागर भित्र  पसी
मथि मथि दहि बाट नौनी छान्नु पर्छ मैले


थरि थरि  रिति  थिति सबै मन पर्ने छैनन्
चित्त सब्को  बुझ्ने गरि चलन् धान्नु पर्छ मैले


स्वार्थ जस्तो तुच्छ कुरा आफूबाट  हटाउदै
तल हुनेलाई पनि माथि   तान्नु  पर्छ  मैले


परिश्रम इमान्दारी मानिसको जिन्दगीमा
बाबु आमा पछि  यिनै भनि ठान्नु पर्छ मैले


सबै सबै मानिसमा पशु भाब लुक्या  हन्छ
मनुष्यत्व  अघि सारी  प्रहार  हान्नु पर्छ मैले

शकुनी खेल

बार्हौ  पुस्ता गरि राज्य शाहवंश बिलीन भो
सत्ताबाहिर गै खाने  भत्ता अंश बिलीन भो
''
प्रजाको हितको लागि दूध पानि  अलग गरि
नसकी, न्यायको शासन गर्ने हंस बिलीन भो
''
असन्तोष र चाप्लूसी अविस्वास अदक्षता
हतियार अघि सार्ने द्रब्यदंश बिलीन भो
''
सुखी राज्य खुसि राजा प्रजाको हित मार्गमा
बाटो छाडी अनायासै हुने ध्वंस बिलीन भो
''
शकुनी खेल  खेलेर  सत्ता लोलुप भै जुधी
कृस्ण को टाउको खोज्ने अर्को कंस बिलीन भो !

साबधान !

करली उसने मुझसे बादा
फसगया मै तो क्या थि अदा
मै भ्रवर केबल रसका प्यासी
बन  पडी वो तो गलेमे फासी
उस  अदामे थे जितने  फिदा
हो चुके  थे सब   अलबिदा
न मैने बोया न हि कुछ खोया
बदलेमे छाती कुट कर रोया
जगमे वस्तु मिले भी सुन्दर
तुम पहचानो उसकी अन्दर
जटाफल हाथमे, ठांनकर गोला
फेक्देता है बन्दर  भोला !

सांडी (Hurricane)

कोहि गुंड रच्दै होलान  बाच्न देउ सांडी
कोहि कर्म खेप्दै होलान भाच्न देउ सांडी

आँखा भित्र जमेको छ सुन्दर यो धर्ति
दुखि लाई उतार्नु छ  नाच्न देउ सांडी

संगै बाच्ने सगै मर्ने सबको  यौटै धोको
बाकि पुरा गर्ने स्वप्न  साच्न देउ सांडी

तिमीभन्दा हामी अझै  शक्तिशालि छौ कि ?
तिमि  हारे  हामी जित्छौ जाच्न देउ सांडी
४  
थरि थरि  नाम   फेरी  दुख  दिनेहरु
गनी साध्य छैनन हेर मास्न देउ सांडी

तै चुप मै चुप

नेपालको  पानि  सबै जति  बाध बाँधे पनि
भारतमै जान्छ किन 'टेक्नोलोजी" जाने पनि
योजना र तर्जुमा को मन्त्रालय भित्र
कुनै सुत्र लुकेको छ जतिसुकै ढाँटे पनि
प्रजा तन्त्र भन्नु नै हो जनताको शासन
तर मनोमानी गर्छन जति नेता छाने पनि
साठी बर्ष  बितिसक्यो  अभ्यासमा मात्र
तै चुप मै चुप किन भा'को जति सिमा नाघे पनि

Wednesday, October 24, 2012

तमसोर्मा ज्योतिर्गमय !

स्वार्थ परित्याग  गरी कर्म  गरौ बहुजन हिताय
पोखी सत्कर्म छताछुल्ल ज्ञान चरौ बहुजन हिताय
+
अनभिज्ञ छैनौ इतिहासको भेट्छौ किर्तिमान त्यहाँ
सुन्यौ उपदेश घासिको नाम छरौ बहुजन हिताय
+
बेद शास्त्र पुराण मार्ग दर्शन  गर्छन अकन्टक भारी
गुन्जायमानस्वर घन्कीरहन्छन कान भरौ बहुजन हिताय
+
धर्म काम अर्थ मोक्ष निर्देशित पथ यो गन्तब्य को
अमर छैनन् जीव चराचर शान मरौ बहुजन हिताय
+
बनाऔ सुखमय जीबन ज्ञान बिज्ञान अघि बढाई
तमसोर्मा ज्योतिर्गमय अज्ञान तरौ बहुजन हिताय

तलाक का पाँच पाइलाहरु !

माइत बाट फर्के पछि  सुरा माग्न  थालिन रे
गाउले बाट सुन्न थाले  कुरा काट्न थालिन रे
..
जारि  तिर्छु    भन्ने  संग    पराधीन   भई
खसम संग  कानुनको बुँदा छाँटन थालिन रे
..
बोलि  चाली  बन्द भा'को  हप्ता जति हुँदा
छिमेकीले खासखुस गरे चुरा साट्न थालिन रे
..
वैमनस्य   बढ्दै   गयो    हदैसम्म     भयो
वकिलको भान्सा पसी पुरा चाट्न थालिन रे
..
कतिसम्म  ढुक्क  थिए   सिरानघर    बाजे
भन्छन अब  पैरो गयो  भुरा ढाटन थालिन रे

घुर्की !

मानसरोबर बाट कर्यांग कुरुंग उडे
गए तीर्थ काशी घाट कर्यांग कुरुंग उडे
`
सम्झनाले तिमीलाई सताएर होकी ?
न छोडेको किन खाट कर्यांग कुरुंग उडे
`
धामी बैद्द्य  बोलाउँ कि आफै ढ्याग्रो ठोकु
खोकी लागे मह चाट कर्यांग कुरुंग उडे
`
सद्दे कपाल डोरी बाँधी दुखाउनु  किन ?
मन न परे माया साट कर्यांग कुरुंग उडे
`
तिम्रो सामु कसम खाइ झुन्डिएर मर्छु
नत्र भने डोरी काट कर्यांग कुरुंग उडे

बादल छेउ देखिन्छ चादी

बादल छेउ देखिन्छ चादी, लाग्दैमा लोभ धाईन्छ कसरी
रोजेको जस्तो चाहना हुन्छ, खोज्दैमा मोती पाईन्छ कसरी
.
अमृत सरि स्वर्गको फल, पृथ्बी मा पनि फलाउन सकिन्छ
कठिन हुन्छ भनेर सोचे,   मियोमा  बाघ दाईन्छ  कसरी
.
मदत मागे निर्माण गर्न हजार हात बिदेशी झुम्मिनछन्
भन्दैमा उसकै राष्ट्रिय गान, अस्तित्व मेटी गाईन्छ कसरी
.
शिरको  टोपी  नेपाली  शान, सुरवाल  दौरा छुट्टीन्नन्
रास्ट्रीयताको धज्जी उडाई, फोकटको टाई लाईन्छ कसरी
.
आउछ  मौका  पर्खने छैनन्,  समय   खोला एकै हुन्
मौकामा जोहो नगरि बसे, बगेको पानी ल्याईन्छ कसरी

दोमन

मन त  मेरो यौटै थियो भयो दोमन
अँध्यारोमा बल्यो दियो भयो  दोमन
.
लामो यात्रा जिन्दगीको हिड्दा हिड्दै थाकें
जस्तो लाग्छ खुट्टी खियो  भयो  दोमन
.
पुग्नु पर्ने गन्तव्यमा सोझो बनि  हिड्नु
बाङ्गो लागे गर्छन चियो भयो  दोमन
.
दुइ दिनको हो यो भाइ प्राण धारी जीव
न खाएमा गल्छ फियो भयो  दोमन
.
अन्न पानि अक्सिजनको भूमिका हो तन
जीबन धान्न पानी पियो भयो  दोमन
.
अबयब शरीरका गर्छन भिन्न काम
र्हिदयमा डढ्यो हियो  भयो दोमन
.
यो मन भन्ने कैलेकहिँ फाट्ने पनि गर्छ
न फुटेमा फेरी सियो  भयो  दोमन
.
त्यसैले त चाचा भन्छ उसको दुइट मन्छ
ककसले यो कुरा लियो भयो  दोमन

Sunday, October 7, 2012

खोटो गणतन्त्र !

ताछी ताछी छोटो भयो लिलामी को लौरी
गणतन्त्र  खोटो भयो   गुलामीको लौरी
..
अबसर  बादीहरू  यस्तै  खेल  खेल्छन
भुइँ फुट्टा लाई चोटो भयो हरामीको लौरी
..
कछाड र शिरको टोपी फाल्नु हुन्न भन्थे
गोठालोलाई  भोटो भयो  भिखारीको लौरी
..
कति ''बाद'' आए गए लछारपाटो लाउदै
अगुवा नै मोटो  भयो  शिकारीको लौरी
..
देख्नु हुन्न रुखको हाँगो बांगो टिङ्गो भा'को
विदेशीलाई फोटो भयो  शिरिषको लौरी !!

प्रस्फुटन !

धर्ति अलग न रही पबनसे,
अलग न   रही नीर
सीता अलग न रहसकी रामसे,
काननकपि मथलियो क्षीर !
आत्मा मिल जाती है परमात्मासे,
है निश्चित पर अति दूर !
मिट जाना इक रोज अबश्यम्भाबी है,
मृगतृष्णा सुखसागरकी त्यागो धीर !

''च्याट'' मा पर्यो लभ !

कति मिठा कुरा गर्यौ ''च्याट'' मा पर्यो लभ
शिरमाथि ढल्किएको ''ह्याट''  मा पर्यो लभ
००
कुन देशको आइसक्रिम खान्छौ कुन बोतलको सोडा
फ्रेन्च फ्राईमा त ज्यानै फाल्छौ ''फ्याट'' मा पर्यो लभ
००
हलिउड   र   बलिउड  का   सेलेब्रीटी   सबै
तिम्रै ''वाक'' का कुरा गर्छन ''क्याट'' मा पर्यो लभ
००
अनौठो  छ   तिम्रो बानि प्रतिपक्षी  लडाउने
घरमा कति पालेकी छ्यौ  ''र्याट्''  मा पर्यो लभ
००
यौटा   हातमा  दुइटा लट्ठी  नचाएकी   किन ?
बान्की राम्रो ''दिस'' मा भन्दा ''द्याट'' मा पर्यो लभ

पिचिची पुचुचु.......

घुमाइ हात पकाउ जेरी पिचिची पुचुचु
घुमेन भने बन्दैन फेरी  पिचिची पुचुचु

कस्तोछ घर कस्ताछन् स्वामी केकस्तो चलन
बाबाले  दिए  घरै न हेरी  पिचिची पुचुचु

तीजमा भए संगिनी भेला नन्द र भाउजु
मलाइ भने कटाए भेरी  पिचिची पुचुचु

आमा र छोरा खासखुस गर्छन ससुरा जाउ भन्ने
हिड्नु भो स्वामी टेर्दै  न टेरी पिचिची पुचुचु

नौ डाडापारि दिनु भो किन झल्झली सम्झन्छु
बाबाको घरमा फुलेको चेरी पिचिची पुचुचु

सजिए होलान् दिदि र बैनी सिफनको सारीमा
मलाइ ल्यायो  दशाले  घेरी पिचिची पुचुचु

बेदना चर्को मनमा बोकी म बाचू कसरी
के लाऊँ पाशो म मर्छु सेरी पिचिची पुचुचु
7
अलबिदा हापी तिज !!

ए ! भुतुक्कै भाछु रे .....

ए ! भुतुक्कै भाछु रे ......
क्या राम्रा केटिले ...
हेर्दा हेर्दै पछिल्तिर समाए दोटिले.....
चौध बर्ष उमेरैमा बिहे गर्दे बा...ले
सबैभन्दा राम्रो छु  म मलाइ भन्छे काले !
उसका मात्रै जम्मा हुन्छन राम्री राम्री साथी
नजर मेरो उतै लाग्छ, उसको अरुमाथि !
भुतुक्कै भा...छु रे !
क्या राम्री केटि...ले ..!!!!!!
उनका आँखा छली छली अरुलाई हेर्छु
अरु आए उनीतिर अंगालो ले घेर्छु
बर्ष दिनमा एक्दिन भन्दै छाडा लाग्न खोज्छिन
मेरो पालो हलमा पस्छु, चिमोटेर घोच्छिन
ए ! भुतुक्कै भाछु रे ......
क्या राम्रा केटिले ...
ए ! भुतुक्कै भाछु रे ......
क्या राम्रा केटिले ...
पुरुषको  कुरा काटी  तिज भरि  नाच्ने
रक्सि खादा जुवा खेल्दा खोतलेर जाच्ने
हाम्रो पनि चाहाड़ पर्ब,   कैले कहिँ खेल्छौ
यो पर्वमा महिलालाई कहा हामी पेल्छौ...
ए ! भुतुक्कै भाछु रे ......
क्या राम्रा केटिले ...
आँखा तरीन्  उनको भाषा मैले बुझी हालें
मौका छोपी समुहको भनाइ सुन्न थालें
''कहाबाट  भित्र पस्यो चिबे नकटो यो''
भन्दै मलाइ घोच्न थाले सै न सक्नु भयो ....
ए ! भुतुक्कै भाछु रे ......
क्या राम्रा केटिले ...
माइत बाट लिन आए चुरा पोते किन्छौ
राम्रो संग जाउ भनि बधाई पनि दिन्छौ
नन्द भाउजु,आमाजुको कुरा न काटेर
सासु ससुराको   खबर  भन्नु न ढाटेर
ए ! भुतुक्कै भाछु रे ......
क्या राम्रा केटिले ...

हल्ला

आज भोलि ये बि सी मा हल्ला चल्या छ रे
शकुनीको तालु माथि आलु फल्या छ रे
..
उल्टो हावा बहनाले थकित छन् पात्रहरु
प्रतिकूल बेला उसको बत्ति बल्या छ रे
..
जति गर्नु जे जे गर्नु गर्दा गर्दै हार
स्वीकारेर खस्नु पर्दा हस्ती गल्या छ रे
..
मौका छ यो चौका दाउ हान्नु पर्यो भन्दै
पासा पल्टिन्छ कि भनि ''कोरी पाउ'' मल्या छ रे
..
स्वार्थ पुरा गर्न् खोज्ने भिखारीको साथ
भोकाएर घाँस खोज्दै सिंह ढल्या छ रे !

बेशारे माया

तिम्रो मनको मझेरीमा सकिएन नाच्न पनि
मर्न पनि सकिएन, सकिएन बाच्न पनि
=
चार पयोको जिन्दगि मा छिनी सके तीन
बिहानीको चन्द्र जस्तै, सकिएन साच्न पनि
=
सास छउन्जेल आस भन्छन  माया मरे पनि
यौटा टुसो बाकि नै छ, सकिएन भाच्न पनि
=
जिभ्रो  रे'छ  पिपलपाते  छेपारोको  रुप
बेशारे त्यो बानि तिम्रो, सकिएन जाँच्न पनि
=
माया भन्नु  माया नै  हो   हराउदैन कैल्यै
काउसो जस्तै रैछ माया  सकिएन मास्न पनि

पिउने बानी

टाढै बाट  झ्वाट्ट  देखिन तर्कू  जस्तो लाग्यो
जाउ कि नजाउ दोमन भयो पर्खु जस्तो लाग्यो
``
यतिकैमा नजिक भइन छिटो पाइला चाली
मनमा मेरो शंका उठ्यो फर्कू जस्तो लाग्यो
``
भूल मेरो आफ्नै थियो लुकी छिपी पिउने
उल्टै दोष देखाएर सर्कू  जस्तो लाग्यो
``
कति मिठो बोलि बोलिन मनै लोभ्याएर
तर आफ्नो पोल खुल्दा झर्कू जस्तो लाग्यो
``
बानि मेरो थाहै थियो सम्झाउन खोजिन
उनैमाथि प्रत्यारोप छर्कू जस्तो लाग्यो
``
नारीमाथि पुरुषको अत्याचार सम्झे
महसुश भयो आफै मर्कू जस्तो लाग्यो
``
चटक्क नै छुट्यो मेरो फेरी पिउने काम
पिउने बानी गर्ने माथि दर्कू जस्तो लाग्यो

राजा दसरथ का तीन प्रस्न ?

न देखेको बहानाले बस्यौ चूप किन ?
सम्झेर के रातभरी रोयौ खूब किन ?
`
मनभित्र  लाखौ लाख इच्छा हरु बोकी
मर्नु बरु बेश भनि बाल्यौ धूप किन ?
`
पुर्णिमाको चन्द्र जस्तै झल्झलाउदी तिमि
हेर आज औंसी जस्तै  पार्यौ रुप किन ?

कसम

संधै साँचो भन्छु भनि किरिया म खान्न
ताराहरु गन्छु भनि  किरिया म खान्न
=
पेल्दा  बरु तेलाउला  बालुवामा  पानी
मरुभूमि खन्छु  भनि  किरिया म खान्न
=
न रमाउ सपनामा  मनको  लड्डु सित
तिम्रो टिन्ग्रे बन्छु भनि किरिया म खान्न

कक्टेल !!

कैले काही लभ्को  पनि ''कक्टेल' मिठो हुन्छ
मुखमा राख्दा रसाउने ''चकलेट''  मिठो हुन्छ
**
माया भेट्दा यस्तै हुन्छ डर लाग्छ कि लाज
साँझपख    करेसाको    ''आखेट''   मिठो हुन्छ
**
पैले पैले    हामी पनि    कलेज   जाने गर्थ्यौ
मन परेकी केटीको ''जम्काभेट ''  मिठो हुन्छ

आज मादल काँ बज्यो !

साँझ पर्यो पल्लो गाउको शिरमा बज्यो मादल
जाउँ कि न जाउँ दोमन भयो पिरमा बज्यो मादल

चुला चौका मेला  पात  गाउबेशी धाउदै
डाले घास माथि माथि भिरमा बज्यो मादल

साउनको  हरियाली  गोठ  भरि लैना
वाक्क पार्यो दै च्युराले खिरमा बज्यो मादल

धनि छ यो देश हाम्रो चाहाड पर्ब कति
मेला लाग्यो कर्णालीको तिरमा बज्यो मादल

छोरी भने  माया पाउने बुहारीलाई दुख्ख
को देख्छ र पैतालाको झिरमा बज्यो मादल
5

Sunday, September 9, 2012

फतफत !!!

गडबड गडबड गडबड गडबड केको होला गडबड
धोका त हो  राजनीति  संधै  हुन्छ  गडबड !
@
हतपत हतपत हतपत हतपत कसलाई त्यो हतपत
जागिरेको भात पाक्न हुन्छ   संधै   हतपत !
@
लतपत लतपत लतपत लतपत केमा छ नि लतपत
चित्रकला  सिर्जनामा  रङगै  रंगको  लतपत !
@
खटपट खटपट खटपट खटपट कस्मा हुन्छ खटपट
जेठी कान्छी एकै चोटी   भित्र्याउनेमा   खटपट !

जब अल्लाह रोमान्टिक हो उठे !

गुमसुम गुपचुप क्यों बैठी हो,इतना गुस्सा क्यो है आज !
मनकी बात बताना तो दूर, है क्या इसकी राज ?
.
ऐसा लगता है घन घटा, चन्द देरमे बरसने बालि है !
कितना सुन्दर होगी वो क्षण, सामने नाचती मधु प्यालिहै !!
.
बिजली चम्के, जोर हबासे धक्का दे वो हम और तुम पर !
गिरजायें दोनो साथ लिपटकर सांसो सांसमे चुमती अधर !!
.
तु क्या देखे स्वर्गमे अल्ला ! आ धर्ति में नीचे जमकर !
दिल तेरा खो वैठ जाता है, यहिँ रहोगे तु भी मरकर !!
.
गोद भरि ये परियोकी जवानी,सुन चाचाकी मेहर्बानी !
अल्लाह भूले  इससे आगे, क्या होगी इस धर्तीकी कहानी !!

.अरे मानव तु कितना नादान !

अरे  मानव ! तु कितना नादान
क्षणिक संसारका रसपान
कर बैठा है, पिछे देखो
नस्वर है ये तो हे अन्जान !

तेरे मन्मे है ये सब मेरा
ये तो है दो दिनका डेरा
जब देर चुकी होगी समझमे
सब तोड़ेंगे प्रिय जन घेरा !

दारा स्वजन और पुत्र कलत्र
तुम छोडोगे इधर अलपत्र
साथ रहेगा दो गज धर्ति
शरीर लिपटति छादन बस्त्र

जितना भोग यहा चरम सुखकी
प्राप्त किए हो  अधर्ममुखकी
निश्चित है बो लम्बा मार्ग
सेवन करना है निहित दुखकी

जानबूझ कर जो पर ताडन करे
बिनु प्रायस्चित्त असहज मे मरे
कल्प कल्प नरक मे गिरजाता है
मोक्ष कि बात तो दूर रहे !

डर छ ?

तिमीलाई जोड़ू भने पछी फुट्ने डर छ
नजोडु त पुस्तिकामा थोरै जुट्ने डर छ

भाले पोथी के हौ तिमि छद्म नाम अंकित
जोडें भने इति श्री नै तिम्ले थुत्ने डर छ

लेखेको र देखेकोमा  भिन्नता छ धेर
उल्टो भए श्रीमतीले मलाई कुट्ने डर छ

सद्भाव र सदाचार  हराउदै गा'छ
नाली बेली सबै मेरो तिम्ले धुत्ने डर छ

छिद्र खोजि खुट्टा तान्ने धेरै हुन्छन हेर
तिम्रो मेरो ''पिरेम'' बसे नाता टुट्ने डर छ

बदमास र फटाहाको आँखी झ्याल हो यो
व्यक्तिगत खातापाता भेटे भुट्ने डर छ

अर्काथरी एक खाले संजालले भेटे भने
घर द्वारको ठेगनाले सबै लुट्ने डर छ

त्यसकारण प्रियजन ! जोडिन न भन
यस्तै यस्तै कारणले धेरै छुट्ने डर छ

भूत-सबार, !

 ये दुनिया  है भूत-सबार,
आँख मुदके  अजमानेमे !
दिखता नही अपनी मौत,
पर नलिनी  सिकुड जानेमे !
भबरको मालुम क्या ,
जाने सिर्फ मधुरस पिनेकी !
थकती है वो पर जिती है,
उसका तो क्या बयां मर मिटजानेकी !!

डुंगा डुब्यो भुबरिमा !

मनमा सारै कुरा खेल्यो, ओल्टो कोल्टो फेरीरहेँ
कल्पनाको संसारमा आफ्नो किल्ला  घेरीरहेँ
#
सरसर्ती  पल्टाएर   अतीतका  ठेलीहरु
लट्टाई मा धागो जस्तै त्यान्द्रो आश बेरीरहेँ
#
सच्याउन पर्ने धेरै फेला परे पाना हरु
मोति जस्तै टल्काउन दागहरु   केरीरहेँ
#
यक्ष   प्रस्न हरु  आए  एकपछि अर्को
चोट लाग्यो अहम् माथि तर पनि टेरीरहेँ
#
दोधारमा  टेकियेछ  खुट्टा  लरबराए
डुंगा डुब्यो भुबरिमा अवाक भै हेरीरहेँ

नेतृत्वमा नेता !

अँध्यारोमा गोलि  हान्छन नेतृत्वमा नेता
छलफल गर्दा मुक्का खान्छन नेतृत्वमा नेता
  ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,                                                        
तछाड  मछाड गरि ठुलो कुर्सि  हत्याएर
टाउको हल्लाई  घूस लान्छन नेतृत्वमा नेता
 ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,                                                          
छक्क पर्थे  पैले पैले  गाडी  देख्दा, ऐले
आफ्नै बाउको घोडा ठान्छन नेतृत्वमा नेता
 ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,                                                           
रोजाउन खोजमात्र  देश संग  दाजी
नाता ठुलो भनि छान्छन नेतृत्वमा नेता
 ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,                                                           
स्वार्थ मात्र अघि बढ्छ सत्ता प्राप्त गरे पछी
धुरी  चडी     जेल जान्छन   नेतृत्वमा    नेता

Sunday, August 26, 2012

खाँउ फर्सीको मुन्टी !

भिटामिन हुन्छ दिदै खाँउ फर्सीको मुन्टी
यस्मा धेरै गुन्छ दिदै खाँउ फर्सीको मुन्टी
^
बर्ष दिनमा एक चोटी फाला फाल हुने
न खाने त कुन्छ दिदै खाँउ फर्सीको मुन्टी
^
साना साना कैडा हुन्छन यस्मा फल्ने फल
देख्दा मनै छुन्छ दिदै खाँउ फर्सीको मुन्टी
...
^
धेरै हुन्छ यस्मा रोग प्रतिरोध शक्ति
महामारी थुन्छ दिदै खाँउ फर्सीको मुन्टी
^
रगतको बिकार र हानि गर्ने तत्व
सफा पारी धुन्छ दिदै खाँउ फर्सीको मुन्टी

आकाशको फल

आकाशको फल भयो आँखा तरी मर्नु !
आनन्दको पल  भयो आँखा तरी मर्नु !
#
जीवन धान्ने मेरुदण्ड खेति किसानको
बिकासको मल भयो आँखा तरी मर्नु !
#
शहर भरि खचाखच भरिएको बस्ति
ब्यबस्थित ढल भयो आँखा तरी मर्नु !
#
आफ्नै स्वार्थ पुरा गर्न खोलिएका पार्टी
जनतामुखी दल भयो आँखा तरी मर्नु !
#
जति यत्न गरे पनि बोतलको घांटी
मेलम्चीको जल भयो आँखा तरी मर्नु !

धमिलो ज्ञानी !

बैंश उर्ली बाढी आयो पानी धमिलो
गाजलु ति नयनका नानि धमिलो
=
भबरा के दोषी छ र फूलरस टिप्न
मन किन दुख्यो जानी जानी धमिलो
=
सुनचादी हिरामोती चाहना हो सबको
कोइलासंग केको रिस खानि धमिलो
=
आफ्नो दाग देखाउछ पुर्णिमा को चन्द्र
रिस उठ्दा हास्ने तिम्रो बानि  धमिलो
=
गंगाजल चाहिदैन चोखो मुख धुन
साँचो बोल्ने विहंगम ज्ञानी  धमिलो

यिनी हरु ?

गाडी चद्छ्न टोयोटा अल्टिमा
यौटा पैसो हुँदैन  खल्तीमा
शिर सँधै  निउरिन्छ  गल्तीमा
उनकै धाक  जमाउछ्न  चल्तीमा
=
छिद्र पाए प्वाल पारि खोतल्छन
कोठाभरी मिल्केका बोतल छन्
गोप्य कुरा पैसामा ओकल्छन
मुखले मात्र ठिक पारि टोपल्छन
=
आफ्नो स्वार्थ सबभन्दा माथि छ
चाचुचा नै हितकों साथि छ
सेक्रेटरी मित्बाउको  नाति छ
जनता भन्दा आफ्नैलाई जाति छ
=
कमिशन भेटेमा ठुल्ठुलो
पानी बिना खनाउछन् कुलो
देशको हित पैतालकों धुलो
यिनकै घरमा चौरासी छन् चुलो

कोदाली पाते त !

सानी सानी भान्जी  हाम्री कोदाली पाते त !
यस्तै हुन्छन फुच्ची  राम्री कोदाली पाते त !
+
मामाघर जान्छु भन्छिन  हेर्न सानु भाइ
मिठो मान्छिन भातको माम्री कोदाली पाते त !
+
मामा भन्नुहुन्छ भान्जी ''आऊ बस खाउ''
चेपारे छिन मैजु चाम्री   कोदाली पाते त
+
हजुरआमा हजुर बाले माया गर्दा धेरै
सातै दिनमा कस्ती दाम्री कोदाली पाते त !
+
झोलीका हुन् देउतादेउती भान्जाभान्जी भन्दै
पुजा गर्दा भैछन   च्यांग्री कोदाली पाते त !
+

सुलोचना !

जुनीभरी भनि  माया माग्यौ सुलोचना
कानमा तेल हाली बसें जाग्यौ सुलोचना
^
को रोज्ला र  सुनचादी पाए हिरा मोति
शिब पछी गौरी जस्तै लाग्यौ सुलोचना
^
मैले भने पख प्रिये  बेला अधुरो छ
अखण्ड ले  पूर्णतामा दाज्यौ सुलोचना
^
मेरो बश के पो चल्नु तिम्रै बश परें
टुना मुना देब देबी भाक्यौ सुलोचना
^
चित्त पनि दैब गति मिल्न सम्म मिल्यो
औला दिएँ बाहु पाश ताक्यौ सुलोचना
^
पख पख ! मेरोकुरा भन्नु बाँकी नै छ
कलिलैमा मधुरस चाख्यौ सुलोचना
^
पूर्ण हाम्रो जोडी देख्दा भुतुक्क नै हुन्थे
इन्द्रासन हल्लाएर हाक्यौ सुलोचना
^
ढल्कियेछ जवानी यो पत्तै न पाएर
संसारमा हुने कुरा डाक्यौ सुलोचना
^
उँभो बैंश छंदा हाम्रो माया प्रिती कस्तो
ढल्क्यो बैंश पाक्न सम्म पाक्यौ सुलोचना
^
दुनियाले  थाहा पाए  तिम्रो त्यो दोमन
खाल्टो खनी भड्खारोमा जाक्यौ सुलोचना

गीत

लालालाला लाला लाला लाला लाला ला..ला
हुँ हुँ हुँ हुँ हुँ हुँ हुँ हुँ  हुँ हुँ हुँ हुँ हूँ.. हुँ
~
मलाइ हेरी रुन  थाले तारा  मण्डल जून
कहिले पनि आइनौ तिमि मेरी आफ्नी हुन
~
पर्खी बसें आउछ्यौ भनि मेरो जिन्दगीमा
बसन्तको बहार नैं बस्यो बन्धकीमा
~
जताततै हेर्छु  सबै बाला झुल्ने  खेत
तिम्रो माया झुल्किएन थारै बस्यो बेत
~
संसारको रितिथिति ढुकुरका  जोडी
कति बसूँ बाटो हेर्दै मुटु गयो छोडी
~
मरिच आफै चाउरी पर्यो जिरा नपाउनाले
मनको कुरा मनमै सुक्यो तिर्खा हराउनाले
~
जलधारा बनि   आउ प्यास  बुझाउन
धुरु धुरु मन रोयो लैजाऊ  डुलाउन
~
पिरतीमा काडा बिझ्यो थाल्यो बिजाउन
आशु खसी भुइमा सुक्यो आउ हसाउन
~
तोरी फुल्यो गुरास फुल्यो बन फुल्ने हैन
तिमि बिनाको मेरो मन कहि  भुल्ने छैन
~
मलाइ हेरी रुन  थाले तारा  मण्डल जून
कहिले पनि आइनौ तिमि मेरी आफ्नी हुन

जिज्ञासु म !

यो उला र ई सानिको कुरा   तान्न  सक्छु कि त !
मतलब पनि शेर नानीको  जान्न  सक्छु कि त !
**
काफियालाई  रदिफले जोडी  छाने   पछि
मिसराको मनको पिडा मान्न  सक्छु कि त !
**
नुन पिरो ठिक्क  हुदा   तखल्लुस फेरी
अमिलो नै खोज्छ भनि ठान्न सक्छु कि त !
**
प्रतिबिम्ब हजुरको मनमा सन्धै झल्किरंछ
त्यै बान्किलाई बिम्ब ठानी छान्न सक्छु कि त !
**
शब्द  भाब   सामन्जस्य    सन्दर्भ र अर्थ
भेटें भने  लाइकको क्लिक हान्न सक्छु कि त !

लेखिन्न लाजले गजल

सौम्य शान्त बनि मात्र लेखिन्न लाजले गजल
भित्रि मर्म खुलायेमा  छेकिन्न   राजले गजल
1
काब्य माला विधा सम्झी मिलाई रंग भर्नुछ
शब्द अर्थ लुकायेमा भेटिन्न  ताजले गजल
2
हर्ता कर्ता उनै  हुन्छन् तिब्र द्रिस्ठी दिनेहरु
सुर  ताल मिलाएमा  झंटिन्न बाजले  गजल
3
कलम कैंची कुची जस्ता साधनका उपयोगले
काटी छाटि सिलाएमा भरिन्न   काजले गजल
4
बिस्व कर्मा पनि छक्क पर्नेछन् शिल्पकारको
मसि पोख्दा जति हुन्छ हरिन्न कालले गजल
5

अंकुर

बादल फाटी आकाश खुल्यो मगमग चमेली
रसमा डुब्दै भबरा  डुल्यो  मगमग चमेली

झ्याउकिरी स्वर मयुर नाच गोधुली साँझमा
बोलीमा तिम्रो मोहनी घुल्यो मगमग चमेली

चन्द्रमा शिर रातको  मिलन चखेवा चखेबी
प्रेमको अंकुर मनमा फुल्यो मगमग चमेली

सिरिरी हावा  धानका बाला लहलह खेतैमा
सपना भित्र  रहर  झुल्यो  मगमग चमेली

पत्थर मुर्ति चाहना गर्दा देवता मिले झैँ
मनले सारा संसार भुल्यो मगमग चमेली
5

टुहुरो

टुहुरो

टुटेको हुस्नमा रोदन फुटेको
यौटा फुच्चे होस् को फुच्ची
लिङ्ग भेदमा कुनै रोकटोक छैन
कालाबजारियाको भन्सार झैँ,
टुहुरो बा टुहुरी जे होस्
यौटा हुरी बतासको झोकाले
छत्र मुनिको छाया टपक्क
टिपेर बीच सडकमा अलपत्र
छाडी दिदा उसले पाउछ
यौटा सामाजिक नामाकरण
''टुहुरो'' भनेर !
(1)
उ टुटेको हुन्छ जन्मसिद्ध
मायामा
हुत्तिन पुग्छ शायद कसैको
छायामा
कठैबरै बिचरा के गर्नु
भाग्यमा ठगिएको
दैबले चुडेर लग्यो
बाबुआमा
यस्तै यस्तै विभूषण ले
सिगारियेर सडक छाप
बन्न  पुग्छ कसैको
आश्रयमा
हुनु पर्ने हो यो प्रिथ्बिको
सदाबर्त उपलब्धि
हावा पानी माटो पनि
उसको भागबन्डामा,
विद्यमान छ समाजमा
समानुपातिक विभेद
अनाथ बनेको खण्डमा,
नाम उपनामले विभूषित
उ आश्रित हुनपुग्छ कुनै
अनाथालयमा,
किनकी उसले उपनाम
पाएको  छ टुहुरो भनेर
आफ्नोपन गुमेकोले साथमा,
उ जे पनि बन्न सक्छ
कलाकार, सल्लाहकार
मालाकार, इतिहासकार
जे बनोस आखिर
उसको  पहिचान
बनिसकेको छ
टुहुरो भनेर !
(2)
मेटिदैन कहिल्यै त्यो
आकार प्रकार
उसको जन्म सिद्ध
अधिकार भयो अब
त्यो टकार
उ टुहुरो हो
उ भनिन्छ टुहुरे,
यौटा हुरीको झोकाले
अनिष्ठ संयोगको
पराकाष्ठाले सिगारिएको
जिन्दगि बोकेर समाजमा
चिनिने  मानिसको नाम
हो रे टुटेको हुस्नमा
रोदन ले बाचेको जिबन
लिएर बाच्ने मानिसको
नाम''टु हु रो'' !
(3)

मेरो सम्झनामा म !

बिक्रम सम्बत १९९८ साल श्रावण १ गते धादिंग जिल्लाको महादेव बेशी स्थित पैरे गाउमा पं. बालकृष्ण रुपाखेतीको घरमा साँझ परिसके पछी सन्ध्या आरतीको काम पूर्ण रुपले समाप्त गरि परिबारका सबै सदस्यहरु भान्सा पस्ने तरखर के गर्दै थिए  बाहिर पिंढीमा प्रसव बेदनाले उकुस मुकुस भै बिना सुडेनीको भरमा यस्ता यस्ता त कति कति ''अछ्यू खाए बछ्यू खाए'' यो झुसे बारुलो भन्दै एक्लै आँट गरेर कसैलाई थाहै न दिकन समय कुरेर बसिरहनु भएकी पण्डितनी श्रीमती टोपकुमारी रुपाखेतीको दशौ गर्भले यो बिचित्र संसारको भवसागर मा झ्वाम्ल्याम्म डुबुल्की के मारेको थियो,भित्र  भान्सामा सबैको थालमा खिर पस्कीई सकेको रहेछ /  उहाले आफै धोतीको टुक्रा टाक्रीले पुछ्दै उत्सुकताबस पहिलो प्रस्नको जवाफ खोज्ने क्रम मा भेट्टाउनु भयो र  पुंस वर्ग पट्टिको हारमा राख्दै ''ये यो पनि खान भनेर आको र'छ, ल खा'' भनेर दुन्ग्रुंग लडाई दिई आफ्नो सरसफाई गर्न थाल्नुभयो/ (छोरी भएको भए अर्काको घरमा गैहाल्थी भनेर छोरालाई खान आको भन्या रे)
            यो त्यो  समय थियो जसबेला स्वास्थ्य गृह र कर्मी हरुको चलन थिएन, गाउमा अनुभबी महिला र सुडेनी उपलब्ध भएमा उनीहरुको सहायताले सुत्केरी गराईन्थ्यो/  मेरी ममतामयी माताश्री लाई यति धेरै हिम्मत र आत्म बिस्वास थियो कि यो कामको  लागि आफ्नो पुरानो अनुभब नै काफी छ भनेर उहाले कसैलाई गुहार्न जानु परेनछ /  बास्तबमा दैनिक क्रिया कलापमा केहि पनि कमि र परिबर्तन न आइकन श्रम जीवि महिलाहरु प्रसबित हुन्छन / यो देखिएकै कुरा हो /
आज यो संसारमा हुनु हुन्न ता पनि मेरो बाल्य कालमा यस्ता यस्ता साहसका कुरा हरु र आफु महिला भएर पनि कतिपय पुरुषले गर्ने कामहरु गरेको सन्दर्भले चेतना र जागरणको शन्देस  हामीलाई दिदै  कर्तब्य निस्ठ हुने प्रेरणा दी रहनु हुन्थ्यो बराबर/ बिहानको भात भान्सा तयार भै सके पछी बाले नुहाई धुवाई गरेर पुञ्ज पाठ न सकुन्जेल बार्दलीमा निस्केर गीता र बिष्णु सहस्र नाम पाठ गर्नु हुन्थ्यो/ अरु बेला फुर्सदमा भानुभक्त को रामायण लय पुर्बक पाठ गर्नुहुन्थ्यो/ त्यसैबेला देखि यो चाचाले छन्द मा लय हालेर कविता पाठ गर्न सिक्यो / प्रस्तुत छ यौटा छन्द कबिता :>
____________________________________________________
सिमी बोडी र कर्कलो संग संगै हल्लेर खुब नाच्छु म
खुर्सानी हरिया मिसेर नुनमा टिमुर पिंधे हाँस्छु म
गाबा खुब गलाई पाक   त्यसमा लेदो   बनाइ धरि
मेथी जिम्मु र गाईको घिउ लिई झानी खन्याई वरि
घोगा  ति  हरिया मकै   संगमहा  पोलेर घुंडा  धसि
छोड़ाई  नंगले चपाइ चमचम  ओछ्याई गुन्द्री बसी
मैना श्रावणको मजा  म लिउला फालेर  लूतो  गई
भन्दै रोजी म  जन्मिए  अति असल ठानेर मैना यहि !
बन्दे मातारम !!

मान्छे हैनौ रे !

हामी त माया गास्न मान्ने  मान्छे हैनौ रे !
लोलोपोतो घसी बोल्न जान्ने मान्छे हैनौ रे !
1
वरिपरी जम्मा भा'का सुन्दरीका झुण्ड
भाका बुझी आँखाबाट छान्ने मान्छे हैनौ रे !
2
आशा पनि कति गर्छन निर्लज्ज नै बनि
आफै लाज पचाएर तान्ने मान्छे हैनौ रे !
3
कति कति आशा बोकी आकी रैछिन उनि
प्वाक्कै बोलि हालिन माया धान्ने मान्छे हैनौ रे  !
4
जे जे जति भन्थिन उनि सुनिमात्र बस्दा पनि
सिंग तिखा भएपनि   हान्ने मान्छे हैनौ रे !

रक्सि न खाउ !

यौटा मेरो सुझाब र सल्लाह छ सबलाई
कबुल गर कान समाउ खान्न भन अबलाई
फायदा यसले गर्ने छैन रिसाउने छन् बाउ
मेरो अर्ति मान्ने भए रक्सि न खाउ !
(१)
दुलहीले रक्सि न खा पच्चीस बर्ष भयो
काजीले त छुदै न छोई चालिस बर्ष गयो
गाँजा खाउ चरेस खाउ खोज्न न्यु योर्क्र जाउ
मेरो अर्ति माने भए रक्सि न खाउ !
(२)
जुवा खेल तास खेल भांग धतुरो  खाउ
शिबजिले पनि खाए भांग्मा घोटी धाउ
फायदा यसले गर्ने छैन रिसाउने छन् बाउ
मेरो अर्ति माने भए रक्सि न खाउ !
(३)
जताततै पार्टी हुन्छ रक्शी पाइदैन
शान्तिदिलाई भोड्का भए रक्सि चाहिदैन
फायदा यसले गर्ने छैन रिसाउने छन् बाउ
मेरो अर्ति माने भए रक्सि न खाउ !
(४)
यता हेर उता हेर बत्ति बलेको छ
ब्लाक लेबल र रेड लेबल ले पार्टी चलेको छ
नाच गान पार्टी गर डिजे बजाउ
मेरो अर्ति माने भए रक्सि न खाउ !
(५)
क्लब जाउ भट्टी धाउ येला वास खाउ
कताबाट बोलाउछन हेरी बस दाउ
फायदा यसले गर्ने छैन रिसाउने छन् बाउ
मेरो अर्ति माने भए रक्सि न खाउ !
Happy birthday america!!

गजल

बालुवा र ढुंगा बिना   बगर कहाँ  हुन्छ
देश न भै नेवार गुरुङ, मगर  कहाँ हुन्छ
*********************
टाउको र पुछार काटी टुक्रा केलाएर
सिंह हो यो भन्छौ भने जगर कहाँ हुन्छ
**********************
मिलनको बिन्दु हेर गोधुलीको क्षितिजमा
आकाश र धर्ति  बाझे सगर कहाँ हुन्छ
**********************
सुन्दरता झल्काउने सहरको छ खाँचो
बुल्डोजर दमकल बिना नगर कहाँ हुन्छ

Thursday, August 2, 2012

शुभ रहोस गाइजात्रा !

भाई भाइको दिनहु
जात्रा हेर्नु पर्ने मुलुकमा
बर्ष  दिनमा एक पल्ट
चियाउछ मुलुक्क
यो गाइजात्रा / तर आउछ
यौटा रौनक बोकेर
म स्वागत गर्छु
यसलाई सलाम ठोकेर !
यसको मलाइ मन पर्ने
पक्ष के हो भने
चुटकिला, टुक्का र प्रहसन,
सुनेर म यस्तो लट्ठ पर्छु कि
जस्तो जुवाडेलाई व्यसन !
काठमाडौ सत्तलमा बिहानै देखि
हत्त न पत्त स्युचाटार तिरबाट
छाउनीको बाटो भएर आइ
ठाउ रोक्ने हरुबाट ठाउ भेट्टाएर
प्रस्ट देखिने र सुनिने ठाउ पाउनु
भनेको संग्राम जित्नु जत्तिकै
हुन्थ्यो ढिला पुग्ने हरुका लागि,
यस्तैमा चुठ्ने बित्तिकै त छाड
मछाड गरि म हुन पुग्थे सहभागी/
त्यसबेलाको चलनमा शहर सबै घुमेर
प्रहसन, प्रदर्शन टोलि बिभिन्न
बेश भूसा र आफ्नो आफ्नो
कथनी लिएर हनुमान ढोका हुदै
बसन्त पुर् बाट अलग्गिन पर्थ्यो,
एक पछी अर्को हुदै ताती लागेर
आउने हरु संग नया नया चुटकिला
सुन्न पाइने आशामा भने  मन
चुल्बुलाई सक्थ्यो,
२०२० साल भन्दा पहिलेका
चुटकिला हरुमा पाइने रौनक
भने २० साल पछी खास गरेर
पंचायत को आलोचनाले
लिन थाल्यो र व्यंग मा
अलि तिब्रता आउन थाल्यो/
त्यसपछि त झन् गाउफर्कले नै
प्रमुख स्थान लिन थालेपछि
पंचायत कालिन बिसंगतिहरु
झन् उजागर हुँदै जान थाले /
मलाइ भने  राजनीतिको
चराको नाम सम्म न जानेकोले
काठमाडौँ छाडेर अन्यत्र जानु
परेकोमा पनि त्यति धेरै
बिस्मात रहेन /
धेरै कुरा सुनियो, हासीयो अनि
मनोरंजन को लागि भनेर
मनोरंजन भयो पनि/
तर एउटा कुरा बिर्सन
सकेको छैन आजसम्म पनि /
*त्यो हो ''सैं छम डु समिनी निम डु -
चि न्याल चिकं न्याल ढिपछ्य ध्यबा डु ''*
एक जना जोडीले शेर्पा बेश भुषामा आएर समुहको
अगाडी यो प्रहसन पेश गरेर जादा म ट्वाल्ल परेको
देखेर संगैको साथीले " यिनको बेदना यौटा भएको छोराको
गत साल मृत्यु भएछ र अब हामी दुइ जना एक्ला एक्लै छौ
र गरीब हुन पुग्यौ भनेर बेदना पोखेर गए" भने सी मैले बुझे र
अर्को सालमा जात्रा हेर्न आउदा म धेरै "नेपा भाय्:"  जानेर
आउछु भनेर मनमनै प्रण गरें /

हुन सक्छ कि ?

 

मन्द बुद्धि  तिख्याऊंन  भाटो  कहिले कहिँ
बिर्सिएमा धोका  देला  माटो कहिले कहिँ
                 १
झिनो माया तिब्र पार्ने  तत्व  खोजि पस्दा
राम्रै काम आउदो रे'छ  फाटो कहिले कहिँ
                 २
निश्चित छैनन् जिन्दगीका पाइलाहरु सँधै
गन्तव्यमा आफै पुग्ने  बाटो  कहिले कहिँ
                 ३
सिक्न सके धेरै कुरा उखान टुक्का बाट
बाठो भन्दा जान्ने हुने लाटो कहिले कहिँ
                 ४
सँधै छलफल  गर्ने गरे  एक  आपसमहा
अर्को घाउ छेक्न सक्छ खाटो कहिले कहिँ
                 ५ 

गजल

 

 
बालुवा र ढुंगा बिना   बगर कहाँ  हुन्छ
देश न भै नेवार गुरुङ, मगर  कहाँ हुन्छ
*********************
टाउको र पुछार काटी टुक्रा केलाएर
सिंह हो यो भन्छौ भने जगर कहाँ हुन्छ
**********************
मिलनको बिन्दु हेर गोधुलीको क्षितिजमा
आकाश र धर्ति  बाझे सगर कहाँ हुन्छ
**********************
सुन्दरता झल्काउने सहरको छ खाँचो
बुल्डोजर दमकल बिना नगर कहाँ हुन्छ
***********************

लाज मर्नु भो !


हामी त माया गास्न मान्ने  मान्छे हैनौ रे
लोलोपोतो घसी बोल्न जान्ने मान्छे हैनौ रे
1
वरिपरी जम्मा भा'का सुन्दरीका झुण्ड
भाका बुझी आँखाबाट छान्ने मान्छे हैनौ रे
2
आशा पनि कति गर्छन निर्लज्ज नै बनि
आफै लाज पचाएर तान्ने मान्छे हैनौ रे
3
कति कति आशा बोकी आकी रैछिन उनि
प्वाक्कै बोलि हालिन माया धान्ने मान्छे हैनौ रे
4
जे जे जति भन्थिन उनि सुनिमात्र बस्दा पनि
सिंग तिखा भएपनि   हान्ने मान्छे हैनौ रे
5

गजल

 

बालुवा र ढुंगा बिना   बगर कहाँ  हुन्छ
देश न भै नेवार गुरुङ, मगर  कहाँ हुन्छ
*********************
टाउको र पुछार काटी टुक्रा केलाएर
सिंह हो यो भन्छौ भने जगर कहाँ हुन्छ
**********************
मिलनको बिन्दु हेर गोधुलीको क्षितिजमा
आकाश र धर्ति  बाझे सगर कहाँ हुन्छ
**********************
सुन्दरता झल्काउने सहरको छ खाँचो
बुल्डोजर दमकल बिना नगर कहाँ हुन्छ
***********************

Thursday, July 5, 2012

धन्यबाद छ

''थमस एल्बा एडिसन'' लाइ पहिलो धन्यबाद छ
प्रकाश मात्र होइन कारखाना अपबाद छ


कस्तो मस्तिस्क उनको त्यो रुची विज्ञानमा लिए
अनुसन्धानमा लागि आविस्कार गरि दिए


उज्यालो हुन गो सर्ब सुलभ बिस्वमा कति
अन्धकार बिलाएर रात भागे भए जति


प्रादुर्भाव भयो ''बल्ब'' हराए टुकी दीप ति
छैन लालटिनको काम हिड्ने छन् बरु टर्च लि

उर्जाशक्ति त्यसैबाट तातो चिसो नरम गरम
बगेको नदीको पानि बिजुली दिन्छ त्यो परम


तिम्रो त्यो पुण्य हो कर्म जसले लाखौ समेटियो
आजको दिनमा सम्झी तिमीमा मरि मेटियो


* * * * *

''एडिसन''को पछी आए ''कोनराड़''लाइ साधुबाद छ
यिनको अर्को ठुलो देन बाकसको भित्र कैद छ


आफ्नो मस्तिष्क मा जे हो थियो संसारको धन
सानो बाकसमा सारी ताल्चा मारी दिए झन


व्यक्ति व्यक्ति फरक साँचो आफैमा राख भन्दिए
कसैले चोर्न सक्दैन सम्पत्ति दृढ बंदिए


अब हेर यो संसार अड्डा अफिस बैंक नै
त्यै बाकस भित्र नै हुन्छ चल्नेछन् काम ढुक्क भै


मनबाट झिकी साँचो औलाको छेउमा उनि
''कि बोर्ड ''को सहाराले खोल्नुपर्छ चुनि चुनि


कोसौ टाढा रहेको त्यो खवर शन्देस यावत
मिनेटौ भित्र आउँछ कत्रो छ हेर तागत


* * * * *

कान्छो सन्तानको रुप ''स्टिव जब्स'' रहन गए गुनी
एक्काइसौ शताब्दीमा देखिए उर्बरक उनि


उनले जे गरे काम त्यो हो काखको बाकस
खुम्च्याएर लघु पार्दै हत्केलामा गरे बश


खल्तीमा राख कि हातमा बस कि उठ रातमा
तुरुन्तै मान्छ त्यो आज्ञा जे भन्यो उही बातमा


देखाउछ , गराउछ , कराउछ , अराउछ
पलभित्रै सबै काम सिध्याई उ हराउछ


मनोरंजन पनि गर्छ पर्दामा चित्र नाचदै
कानमा पस्छ संगीत निस्केर स्वर जाचदै


तिमीलाई न भै हुन्न अगाडी बढ्न काममा
jobs लाइ धन्य हौ भन्दै चलाउ गाडी ''जाममा'

कचल्टिएको घाउ (परिच्छेद दुइ)

जसरि जुठाल्नुमा भाडा पखाल्न लादैमा सुनको करुवा पित्तलको हुदैन त्यसरी नै मानिसले गरेको पेशाले मानिस मानिस नभैकन अरु जात हुदैन / मनुष्य जाति सबै यौटै हुन् / तिमीले मानिसले न गर्नुपर्ने पर्ने कर्म गर्यौ भने मात्र तल्लो
दृष्टिले हेर्छन मानिसहरुले ,के मैले लुगा सिउदैमा म अछुत जाति हुन्छु र विचार गर त सम्झना ? यो समाजको डर
सर छोदिदेउ अब ,तिमि र म भएर सुधार पनि त गर्नु पर्यो नि ! हामि दुइ एक भयौ भने कसैले फुटाउन सक्दैन / तिम्रो लागि म जे गर्न पनि तयार छु /तिमि किन हिच किचाऊछ्यौ /मैले त घर छोडेर हिड्ने बिचार गरिसके / तिमिमात्र नाना थरि कुराहरु सोचिरहेछौ सुरेशले सानो उकालिको चौतारीमा पिपलको बोटमा अडेस लाग्दै यति कुरा भन्दा सम्झना टाउको निहुराएर सुनिमात्र रहेकी थिइन् / घरमा पुगे पछी उसले आफ्नो बाबु सप्ताह बाट फर्केर न आउदैमा सात दिन भित्र सम्झनालाई लिएर गाउ छाड्ने निर्णय गरि सकेको थियो / यो उसको अल्लारे पन बा असामयिक निर्णय थिएन/ देशमा जतातै आन्दोलन र बिकाशको लहर चलिसकेको थियो/ कुनै पनि स्कुल र सार्बजनिक ठाउ हरुमा छुवा छुत निर्मुल पार्ने अभियान देशका बहु संख्यक बुध्दीजीबी वर्ग बाट बिजारोपण भैसकेको थियो/
सुरेशले क्रान्तिमा लाग्ने अठोट गरिसकेकाले पहिले आफुलेनै अछुत जातिसंग सम्बन्ध जोडेर नमूनाको रुपमा देखा पर्ने र आफो भबिष्य लाइ समेत दृस्टी गरि सम्झना संग सम्झौता गर्न खोजि रहेको थियो/ उसले सम्झनालाई हर तरहले योग्य साबित गर्दै अनुनय बिनय साथ प्रस्ताब राख्यो अन्तरजातीय बिबाहको लागि /
उनले भनिन,''यो समाजमा खुले आम असमान सम्बन्धमा जोडिएर हामी कदापि रहन सक्दैनौ / हामीहरु घरको न घाटको हुनेछौ /''परिस्थितिजन्य आशंकाले सम्झनाको अन्तरमन झकझक्याइ सकेको थियो /हामी हरुले  यो कुरालाई भविष्यको गर्भमा नै लुकाएर आन्दोलनलाई नेतृत्व दिन सक्छौ/ तर छुट्टा छुट्टै आफ्नो आफ्नो  ठाउँ बाट सक्दो सहयोग गर्न म प्रतिबद्ध छु सुरेश/   यसको लागि कलेजबाट नै शन्देस प्रवाहित गर्न सक्नु पर्नेछ याने कि पढाइ अघि बढाउदै पठन पाठन को परिप्रेक्षमा यो कुरा भित्र भित्रै तामेल गर्दै लैजानु पर्नेछ /तिमीलाई कस्तो लाग्छ यो विचार?
सुरेश झल्ल्यास्स भयो र मनमनमा सोच्न थाल्यो/
बाबुको पुरेत्याई पेशामा ठाडै प्रहार हुने गरि परिबारलाई बिचल्लीमा पार्ने काम म बाट हुदैछ भन्ने आभास उसले बल्ल पायो सम्झनाबाट / उ फेरी सोचमा तल्लिन भयो /सम्झनाले मौन भंग गर्दै भनिन ''आज अबेला भैसक्यो सुरेश, हामी जाउँ /
सुरेशका यी सबै कुराहरु सुन्दै सम्झनाले भनिन''हामी दुइजना आफ्नो गाउ छाडेर अन्यत्र कतै गएर हाम्रो अभियान चलाउन सक्नु पर्यो / यसको मतलब हो घर परिवार छाडेर बस्नु / यसो गर्दा हामीलाई बस्ने र खाने खर्च आदिको समस्या  पर्न सक्छ /त्यसको लागि के विचार गरेका छौ सुरेश ,तिमीले ''
अँ ,तिमीले ठिक भन्यौ सम्झना ! त्यसको म विचार गर्छु / यसको लागि हामीले केहि न केहि त गर्ने पर्छ / सुरेश यो कुराले केहि झल्यास्स भए जस्तो गरि भन्न थाल्यो, साच्चिकै तिमीमा दुरदर्शिता छ सम्झना ! मैले यो कुरा त सोचेकै थिइन /
के तिमीले सोचेकी छ्यौ त यस बारेमा ? सुरेशले उल्टै प्रतिप्रस्न गर्यो / सम्झनाको मनमा सुरेश जस्तो व्यक्तिको प्राप्ति यो समाजमा कल्पना बाहिरको कुरा थियो/ उनलाई यस्तो प्रस्तावले किम कर्तब्य बिमुढ़ बनायो एक छिनको लागि / यहि सोचलाइ मनमा राखेर होम वर्क गर्ने निधोले दुइजना आफ्नो आफ्नो गन्तब्य तिर लागे /
आदरणीय बुबा,
तपाई विदेश जानु भएको ६ बर्ष पुरा भैसक्यो /घरको हाल खवर त बेला बेलामा आदान  प्रदान भएको चिठ्ठी पत्र बाट अबगत गर्दै रहनु  भएको  छ/ थाहा छ तपैले मलाई छोडेर जादा म कत्री थिए/ मात्र १२ बर्सकी  ५ कक्षामा पढ्ने बिद्यार्थी / अब म  १८ बर्षकी भैसके / तपाई एक पल्ट पनि घर आउनु भएन/ घरमा आमा संधै पिर गरिरहनु हुन्छ /हजुरमा पहिले जस्तो आँखा देख्नु हुन्न / हाम्रो निर्बाह बिष्ठ हरु कमाएको भरमा नै चली रहेको छ ऐले सम्म त /तर शहरतिरको हावा गाउमा पनि पसी सक्यो/ नया नया डिजाइनका लुगा लाउन थाले मानिसहरुले / अब गाउमा भएका अलि अलि पुराना मानिसहरु बाहेक अरु सबै शहर तिरबाट बनेका तयारी लुगाहरु नै ल्याएर लाउन थालिसके/ हाम्रो निर्बाह न चल्ला जस्तो छ यहाँ /हामी यो ठाउ छाडेर अन्त कतै गएर अर्को कुनै पेशा समाउनु पर्ने
देख्छु/ अब मैले यस .यल .सी .पास गरिसके पछी पढाइ पनि अघि बढाउनु पाए हुने थियो/ मेरो कलेज पढ्ने विचार छ /तपाई छिटै घर आउनु होस / एउटा जरुरि कुरा सल्लाह गर्नु छ /हामीले केहि न केहि गर्नु पर्ने देख्छु/ हामीलाई सानो जाति भनेर सबैले हेप्छन /गाउमा मात्रै यस्तो कुरा गर्छन /सहरतिर भने कसैले जातको वास्ता गर्दैनन्/ एक छत्त भैसक्यो बिस्तार विस्तार /मानिसहरु धेरै अशिक्षित भएर नै यस्तो भेद भाब गरेका हुन् /
मेरो हाइस्कुल को साथी सुरेशले तिमीहरु सार्है नै पिछडिएका छौ, माथि उठ्नु पर्छा/ म सहयोग्चर्छु/
तिमि र म भएर यो गाउमा हुने गरेको छुवाछुत, सानो जाति ,ठुलो जाति भन्ने भेद भाव हटाएर सबै येक हुनु पर्छ / यसको लागि हामीबाट नै शुरु आत गर्नु  पर्यो / बाहुनले बाहुनकै जातिसंग मात्र र सङ जातिले आफ्नो जात मिल्ने संग मात्रै बिहे गरेर यो भेद भाव सधै भरि कायम रही रहनेछ / एक जातिले अर्को जातिलाई तल्लो दृष्टिले हेर्ने र मान्छे मान्छेमा ठुलो जात र सानो जात भन्ने चलन हटाउनु पर्छ/ तिमि र म बिबाह गरेर यौटा बाटो देखाउने कम गर्नु पर्यो यो समाजमा / तसर्थ सुरेश र म बिबाह गर्ने अठोट गरेका छौ / तपाइँ छिटै घर आउनुस /मैले जसरि भए पनि हाई स्कूल पुरा गरि सके / अब पढे लेखेको कुराहरुलाई ब्यबहारमा पनि उतार्नु पर्यो / सुरेशको सुझाब मलाई ठिक लागेको छ/ उ जस्तो  सुधारबादी सग सम्बन्ध जोडेर हामीले आफ्नो भबिष्य पनि उज्यालो पर्ने छौ /जसरि भए पनि तपाई एक पल्ट घर आउनुस छिटै, बाँकि कुरा पछी गरौला /
छोरी
सम्झना
सुरेश्संग छुट्टिए पछी घर आएर सम्झनाले यो चिठ्ठी लेखेर बाबुलाई पठाएको थिइन् /चिठ्ठी पाएर रण बहादुर केहि आशा, निराशा र आश्चर्यमा डुबुल्की मार्दै घर फर्कियो खाडी बाट / छ बर्षको अविरल संघर्ष पछी खाडी बाट रण बहादुर दुइ मैनाको छुट्टीमा घर आयो/ कुनै अमिरको ढोकामा पालेको काम गरि न्युनतम बेतनमा आफ्नी ज्यान पालेर केहि जोरजाम गर्न ६ बर्स सम्म कुर्नु परेको थियो रण बहादुरलाई/ बल्ल बल्ल केहि रकम बचत गरि घरमा यौटा प्याडल मेशिन किनी दिने र सम्झनालाई स्कुल सकिए पछी हजुरमालाई र आमालाई सिउन सघाउ पुर्याउन सक्छे भन्ने उसको विचार थियो/
त्यसबाट राम्रो आय आर्जन हुने विचार उसले लिएको थियो किनकी ४/५ ओटा गाउको बिचमा यौटा मात्र दमैको घर, बसोबास ले आफ्नो परिबारको गुजारा राम्रोसंग चल्नेछ भन्ने सपना बुनेको थियो मनमनमा /
रण बहादुर  आएपछि घर गाउमा यौटा उपनाम पायो उसले  ''लाहुरे'' भनेर /एक हप्ता सम्म उसलाई गाउतिर घुम घाम गर्नु र सबैसित क्षेम कुशल पुछ ताछ गर्नु  नै मुख्य काम भएको थियो / घरमा छोरीसँग खास कुरा हुन् पाएको थिएन/ गाउमा भेटघाट को क्रममा  उसले गाउको मुखियाको घरमा गएर हाजिरी दि सकेको थियो / मुखिया बाट नै उसले उपनाम ''लाहुरे'' पाएको थियो /
बाबु छोरीको सल्लाह अनुसार उसले छोरीका सबै कुरा बुझेर सुरेश्संग भेटघाट गर्ने योजना बनायो र सुरेश कहाँ भेट हुन्छ भनेर उसले खोजि गर्न थाल्यो/ सम्झनालाई पनि सुरेशको घरबारे केहि थाहा थिएन र हाई स्कुलमा मात्र रिजल्ट हेर्न गएको बेलामा मात्र दोहोरो कुरा हुन् पाएको थियो / छोरीको सल्लाह अनुसार लाहुरेले हाई स्कुल बाटै सुरेशको घर पत्ता लगाउने विचार गर्यो र उतैतिर लाग्यो/

कचल्टिएको घाउ                                                           


(आदरणीय पाठक हरुमा छन्द कविता र फाट्ट फुट्ट गजल पस्कंदै आएकोमा लेखन विधामा केहि परिबर्तन गरि लेख,कथा आदि बाट पनि स्वादमा भिन्नता प्रदान गर्ने बिचारले यो लेख प्रस्तुत गरेको छु/ लामो लेख पढ्न धेरैलाई अरुचिकर हुने कुरा प्रस्टै छ ता पनि यसलाई निरन्तरता दिई लेख्दै जादा उपन्यास को रुप लेला कि भनेर कम्मलमा सातु मुछ्ने प्रयास गर्दैछु / हुन सक्छ समयाभावले भालुकोकम्पट पनि )
सुरेश र सम्झनाको घर एकै ठाउमा न भए पनि उनीहरु दुवै जना आठ कक्षाको देखि संगै पढ्दै आएका हुन् /
सुरेशका बाबुको पेशा साधारण खेति पाति र गाउको पुरेत्याई नै मुख्य भएकाले यौटा मात्र छोरालाई गाउकै पाठशालामा
भर्ना गरि दिएका थिए / तर सात कक्षा पास गर्नासाथ सुरेशले गाउ छाडेर जिल्ला सदर मुकाम को हाई स्कूलमा आठ कक्षाको पढाइ पढ्न जानु पर्यो / पण्डित सोमनाथ ले पनि जिन तिन पाठशालाको खर्च जुटाएर छोरालाई हाई स्कूलमा
पढाउने इरादा राखेका थिए /
ता पनि अंग्रेजी स्कूलमा न पढाइ आफ्नो पेशा संग सम्बन्धित कर्म काण्ड तिर नै लगाउने बिचार उनको थियो /हुँदा हुँदै सुरेश र सम्झना दुबैले टेस्ट पास गरे / एस यल सी परिक्षा दिनु पूर्व उनीहरुको एक अर्कासंग भेट भएको थिएन / परिक्षा दिने क्रममा फेरी एकपल्ट सुरेश र सम्झना संगै भए /
सम्झना लजालु स्वभावकी, संधै गम्भीर मुद्रामा रहने र कसैसंग पनि बढ्ता हेलमेल गर्दैन थिन / समयानुसार शिक्षा प्राप्त गर्दै जाँदा आत्मा बिस्वास बढ्नुको बदला उनि हीन भावना को शिकार हुँदै गईन / बढ्ता सोच्ने र सोचेर मात्र अघि बढ्ने उनको आदत थियो /
एकदिन उनले अकस्मात सुरेशलाई सोधिन ''तपाइको घर कहा हो''? सुरेशले यो कुरा उनलाई सोध्न धेरै पहिले देखि जमर्को गरिरहेकै थियो तर आंट गर्न सकेको थिएन /मुसुक्क हाँसेर उल्टै प्रति प्रस्न गर्यो र उसले भन्यो ''तिम्रो कहा हो नि भनन पहिले '' दुबैबाट प्रस्न मात्र गरियो /उत्तरमा दुबैजनाले जवाफ फर्काएनन /यस एल सी परिक्षा सकियो / दुवै आफ्नो आफ्नो बाटो लागे / परिक्षा सकिए पछी सुरेशलाइ रिजल्ट न भएसम्म उनका बाबुले कर्म काण्ड र केहि संस्कृत को अध्ययन गर्ने तिर सल्लाह दिएका थिए / आफुलाइ यजमान सगाउ पगाउ हुन्छ भनेर सुरेशलाई कहीं न पठाउने बिचार उनको थियो /
उतातिर सुरेशले भने संगै एस एल सी गरेकाले कलेजमा पनि सम्झना संगै हुने अनुमान लगाउन थालि सकेको थियो किन कि पढाइमा दुवै जना उत्तिकै जेहेन्दार थिए /
समय बित्दै जाँदा सुरेशले पनि बाबुको पेशागत काममा हाते मालो गर्न थालिसकेको थियो / एक दिन सोमनाथ्लाई सप्ताहको सिलसिलामा जिल्ला बाहिर हप्ता दस दिन बिताउन पर्ने भयो /घर तर्फको यजमान हरुको तिथि पर्व टिपोट बनाएर जिम्मा दी उनि त्यस तर्फ लागे / एक हप्ताको लागि सुरेशलाई जिम्मेबारी आइपर्यो /यसै सिलसिलामा सुरेशलाई एक दिन एका बिहानको बाटो काटेर याजमान्कहा श्राद्ध गराउन जान पर्ने भयो / पहिले न गएको गाउ ठाउ भएकोले उ यजमानको नाम थर खोज्दै बाटो लाग्यो / बीच बाटोमा पुगेपछि उसले यौटा खरको छाना भएको घर देखेर उतैतिर लाग्यो/ घरनेरै पुगेपछि उसले पिढीमा यौटी बुढी आमा लुगा सिएर बसिरहेकी देख्यो र नजिकै गएर सोध्यो
''आमा,कटर बोटे माइला अर्जेलको घर जाने बाटो थाहा छ तपाइलाई ''
''थाहा छ बाबु .यहाबाट सिधै जाउ र धारा काटेपछि तलतिर झर्नु ,दुइ घर छाडेर तेस्रो घर उनको हो / किन र बाबु,कहाबाट आएका हौ ''/ भनेर प्रतिप्रश्न गर्दै थिइन् यतिकैमा घर भित्रबाट एउटी युवती बाहिर निस्किइन / उसले झट्ट देख्यो र यसो अक्मकायो / तर ति केटि तुरुन्तै भित्र पसिहालिन / सुरेशलाइ देख्नासाथ न मालुम चिनिन कि चिनिनन ,तर उसले सम्झना पो रहिछन भनेर चिनी हाल्यो / '' हस आमै म लागें'' भनेर आफ्नो बाटो लग्यो / बाटोमा उ बिचार गर्दै सोच्न थाल्यो / के मैले त्यहा सम्झनालाई नै देखेको हुँ त ?
के तिनको घर त्यहि त्यहि हो त ? दमैकी छोरी हुन त यिनी आदि आदि /
सुरेशको नौ कक्षा देखि टेस्ट परिक्षा सम्म घनिष्ठ साथि भएर पढेकी सम्झनाको बारेमा उसले यो भन्दा पहिले नै कलेज पनि यौटै हुने सम्भाबनाले मनमा एक किसिमको तासको घर बन्न शुरु भै सकेको थियो / गाउमा प्राइमरी स्कूल पढ्दा उसको गाऊ र सम्झनाको गाऊ छुट्टा छुट्टै भएको हुनाले पनि सम्झनाको बारेमा केहि लख काट्न सकेको थिएन उसले /उसलाई याद आयो कि टेस्टको रिजल्ट हेर्न जादा एक पल्ट सम्झनाले तपाइको घर कहाँ हो भनेर सोधेकी थिइ /तर उसले त्यसै टारेको थियो / कलेज पछिको पढाइमा दुबैको चाहनामा कलेज यौटै हुने अठोट मनमा राखेर त्यसै अनुसार गर्ने उ चाहन्थ्यो / आज त्यहा सम्झनालाई देख्दा उ कता कता सपनामा पो रहेछु जस्तो भान पर्न थाल्यो उसलाई /
आफु ताक्छु मुढो बन्चरो ताक्छ घुँडो भन्ने उखान झैँ भई उसलाई /
यतिकैमा उ जजमान कहा पुगेर बाबुको आज्ञा अनुसार काम गर्न थाल्यो / काम सिध्याएर अलि पर सम्म बाटोमा यो झोली बोकेर गुरुलाई पुर्याएर आउ छोरा भनेर माइलो अर्ज्यालले १० बर्षको छोरा संतनुलाई साथ् लगाई पठाइदिए / सुरेशले त्यो गाउको आनीबानी संतनु संग बुझ्ने मौका पायो र छोटै भएपनि त्यो गाउको बारेमा जानकारी लियो /बास्तबमा तिनी सम्झना नै रहिछन र उनको बाबु रणबहादुर परियार खाडीमा काम गर्न गएको र सम्झनाको घरमा हजुरआमा र आमा संग बसेर पढाई चालु राखेको कुरा थाहा पायो /पेशाबाट त्यति सारो स्कूल थेग्न सक्ने आर्जन न हुँदा पनि बाबुले खाडीबाट पढाइ खर्च धानी रहेको कुरा उसले बुझ्यो /
संतनुले उसलाई सम्झनाको बारेमा धेरै कुरा बतायो र यो पनि थाहा पायो कि उनीहरु दमै जाति भएपनि अरु जस्तो न भएर घरमा सबै शाकाहारी , धर्म कर्म प्रति झुकाब भएका र गाउभरी यहि सदाचारको कारण सबैमा चर्चित रहेको जानकारी पायो / खोला तरिसके पछी संतनुले हस त गुरुजी म जान्छु अब भनेर फर्कियो /
सुरेशको मनमा एक्कासी कुराहरुको उतार चढाब हुन थाल्यो र चौतारीमा पुगेपछि उ थचक्क बसेर बिचार गर्न थाल्यो / उ सोच्न थाल्यो सम्झना सार्है नरम मिजास भएकी र उनको शिल स्वभाब सबै राम्रो भएको कारण शायद उनीहरु मांसाहारी न भएर पो रहेछन कि आदि आदि /
त्यो रण बहादुर भन्ने कस्तो किसिमको मानिस होला /सम्झनाको आमालाई एकपल्ट देख्न पाए पनि कस्ती कस्ती छिन भनेर थाहा हुन्थियो , खयर जे भए पनि गाउमा त छिटो बराबार गरिहाल्छन /कथंकदाचित केहि भै हालेमा यो गाउलाई दुबैले सदाको लागि छोड्नु पर्ने तर्कनाहरु उसको मनमा आउन थाले / दस कक्षामा पढ्दा टेस्ट परीक्षा पुर्ब उनले सुरेशको नागरिक शास्त्र किताब सापट मागेर जाँचको तयारी गरेकी र किताब फर्काउन आउदा उनले भनेकी थिइन् ''तपाइको किताब पाएर मैले जाँचमा सबै प्रस्न हरु राम्रो संग हल गर्न सकें,धन्यबाद है सुरेश जी ,धन्यबाद '' यो कुरा उनले कति मिठो स्वरमा भनेकी थिइन् ,यो पनि सुरेशले सम्झ्यो /अनि उ भन्ठानथ्यो - अरु जो संग पनि त किताप लिन सक्थी नि मसंगै बाट किन सापट लिन आएकी ? उसले यसको भाबार्थ पत्ता लाउन खोज्यो अनि राजनीति बिषयमा सम्झनाको बिशेस अभिरुची भएकै कारण सुरेशले आफ्नो मनमा भाबी राजनीतिको ढाचा कोर्न थाल्यो र संगै लागेर दुवै जनाले देशमा विद्यमान जातीय कुप्रथा हटाउदै अन्तरजातीय बिबाह गरी आन्दोलनमा लाग्ने अठोट गर्न लाग्यो / अनि निस्कर्षमा पक्कैपनि मलाई मन पराएकी छ भनेर उसले फेरी एकपल्ट नागरिक शास्त्रको किताप झिकेर सम्झनाको बारेमा तल्लिन भयो / क्रमश....

रक्सि न खाउ !

रक्सि न खाउ !

 
यौटा मेरो सुझाब र सल्लाह छ सबलाई
कबुल गर कान समाउ खान्न भन अबलाई
फायदा यसले गर्ने छैन रिसाउने छन् बाउ
मेरो अर्ति मान्ने भए रक्सि न खाउ !
(१)
दुलहीले रक्सि न खा पच्चीस बर्ष भयो
काजीले त छुदै न छोई चालिस बर्ष गयो
गाँजा खाउ चरेस खाउ खोज्न न्यु योर्क्र जाउ
मेरो अर्ति माने भए रक्सि न खाउ !
(२)
जुवा खेल तास खेल भांग धतुरो  खाउ
शिबजिले पनि खाए भांग्मा घोटी धाउ
फायदा यसले गर्ने छैन रिसाउने छन् बाउ
मेरो अर्ति माने भए रक्सि न खाउ !
(३)
जताततै पार्टी हुन्छ रक्शी पाइदैन
शान्तिदिलाई भोड्का भए रक्सि चाहिदैन
फायदा यसले गर्ने छैन रिसाउने छन् बाउ
मेरो अर्ति माने भए रक्सि न खाउ !
(४)
यता हेर उता हेर बत्ति बलेको छ
ब्लाक लेबल र रेड लेबल ले पार्टी चलेको छ
नाच गान पार्टी गर डिजे बजाउ
मेरो अर्ति माने भए रक्सि न खाउ !
(५)
क्लब जाउ भट्टी धाउ येला वास खाउ
कताबाट बोलाउछन हेरी बस दाउ
फायदा यसले गर्ने छैन रिसाउने छन् बाउ
मेरो अर्ति माने भए रक्सि न खाउ !
Happy birthday america!!

गजल

गजल

 
बालुवा र ढुंगा बिना   बगर कहाँ  हुन्छ
देश न भै नेवार गुरुङ, मगर  कहाँ हुन्छ
*********************
टाउको र पुछार काटी टुक्रा केलाएर
सिंह हो यो भन्छौ भने जगर कहाँ हुन्छ
**********************
मिलनको बिन्दु हेर गोधुलीको क्षितिजमा
आकाश र धर्ति  बाझे सगर कहाँ हुन्छ
**********************
सुन्दरता झल्काउने सहरको छ खाँचो
बुल्डोजर दमकल बिना नगर कहाँ हुन्छ
***********************

गजल - बर्तमान

 

जल्दो बल्दो समस्या   त देशैको  छ हेर
राज्य-निति, सम्- रचना  तेसैको  छ हेर /१/

द्रब्य मोह घट्या छैन  काला सेता  दुवै
सत्ता  कब्जा गर्ने पालो येसैको  छ हेर /२/

उसको  आफ्नो आफन्तको परिधान कस्तो
अंग ढाक्ने  नेपालीको  खेसैको छ हेर /३/

खारिएको  छैन  नीति परिपक्क्व को हो
भूमिगत  हुँदै   फुल्दो  केशैको  छ हेर /४./

हात्ती दांत देखाउदै सम्बिधाने  ताउलो
अघि सारी भत्ता खाने  रेशैको छ हेर /५/

गजल

गजल

फस्नु  नै थियो भुंबरी भित्र  जान्दैमा के भयो
अपूर्ण  छंदा  पूर्ण  छु भनि ठान्दैमा के भयो

खट प्वाल बाट  छिरे नि घाम अन्धकार भाग्छ नै
बाहिर  भित्र  फरक  भाषा  धान्दैमा  के भयो

अर्ति र उपदेशले  छुन  सकिन्छ  आकाश
 मिलेर  बस्छ  दुधमा पानी छान्दैमा के भयो

आकाश थाम्छु   हुटिट्याउ भन्छ प्रलय  टर्दैन
जिउको बाजी  थापेर  च्याखे हान्दैमा के भयो

चकनाचुर जिबन हन्छ   शिशाको फ्रेम फुटे झैँ
बिबेक शुन्य भएर   प्याला  तान्दैमा के भयो

Monday, April 16, 2012

गीत

बसन्त आयो बसन्त गयो कोइलिको भाका फुरेन

धन्कुटाबाट सुन्तली झरि धरानमा भेटै जुरेन


मनमा आश लिएर आयो लाहुरे सलाम ठोकेर

मलयाबाट फर्कियो आजै झिटी र गुन्टा बोकेर


भट्टीमा वास बस्नु नै पर्ने पुरानै हो यो चलन

पाएन देख्न सुन्तली लाइ मनमा भयो जलन


वारी र पारि लस्कर भट्टी कुन रोजौ कुन छाडौ

सुन्तली जस्तै कति छन् शालि कस्लाई के के म बाडौ


मनमा मेरो दुइ मन भयो सुन्तली कता गइछ

बल्ल पो थाहा पाए नि मैले छाडेर अन्तै गइछ


यसपाली बास बस्नु नै पर्यो सुन्तली न भा' भट्टीमा

भनेर ठानी सुरक्ष्यासाथ घुसार्यो बालेट कट्टीमा


निस्किए कति सुन्तलिहरु भरर्र छिचिमिरा झैँ

समाए हात लाउरेको टयांका उठाए बस्को छत्मा गै


भेनालाई आज म राख्छु आफ्नै भट्टीमा भन्दै एउटीले

झम्टेर गुन्टा समाउन खोज्दा उछिनी झोला च्यान्टीले


दुइटिको त्यहा झगडा भयो बिचमा लाउरे खडा भो

तमासा हेर्न यात्रीको भिड सडक छेउमा जम्मा भो


सडक वारि सडक पारि मायालु बस्ने भट्टी छन्

छ मैने छुट्टी छिनैमा बित्छ लाउरेको हुन्छ खल्लो मन्

जय नेपाल !

अल्लारे !

उताबाट उनि आए ,यताबाट पनि गईन !

ओडार बिच बाटोमा बाहुपाश मुनि भईन !

दुबैले बिर्सिए काम, मिलेर काम एक भो !

छाडेर काम भुल्दामा, अल्लारे भनि नाम भो !

यी कुमारबा कस्तो !

·

आँखी भौ छ पालि जस्तो

जिभ्रो भने फाली जस्तो

नाकमुनि बगी रा' छ

बकेर्नोको छाली जस्तो !



ओडारको भित्र आँखा

हेर्दा खेरि खाली जस्तो

आफ्निलाई संधै देख्छन

हाँडी मुसे काली जस्तो !



युवा कोहि सामुन्नेमा

देखे बोल्छन गालि जस्तो

युबतिमा आँखा भने

सबै आफ्नै शालि जस्तो !



निधारको ढांचा हेर्दा

कुच्चिएको थालि जस्तो

शिरबाट टोपी झिके

गाई चरेको बालि जस्तो !



चिया पसल यत्र तत्र

देखिदा यी जाली जस्तो

भनि ठान्छन आफुलाई

बिहानको लाली जस्तो !

Monday, March 19, 2012

अरे का कुरा

·

गण्डकीको बालुवामा सुन पाइन्छ अरे

कहिँ कहि मलामीमा गित गाइन्छ अरे

1



सभ्यताको पराकाष्ठा लछारपाटो लाउदै

मानिसले मानिसैकै मासु खाइन्छ अरे

2



सम्मानित पेशा गर्ने डाक्टर इंजिनेर लाइ

छोरी दिदा न पुगेर दाइजो चाइन्छ अरे

3



के के मात्र सुन्नु पर्ने अचम्मका कुरा

घाटी लामो पार्नलाई इस्प्रिंग लाइन्छ अरे

4



खोजि खोजि मानिसले आफ्नो खाचो टार्न

घुमै घुम ओढाएर छाना छाईन्छ अरे

5



यो पनि त पक्कै होला मैल्यै देख्या छैन

भारि बोक्न जुम्लातिर भेडा दाइन्छ अरे

6

थोपा-नीति

थोपा-नीति
·

कलमले गर्छ जे काम गर्छ बन्दुकले कहा !

अँध्यारो भित्र लौ हेर पुच्छर बल्ने किरा त्यहा !!



शक्ति संचय ले गर्दा लठ्ठी सात संगै भए !

यौटा झैँ भाचिने छैन एकतामा छ है जय !!



भोकले चूर भै बस्दा खादैन सिंह घास त्यो !

स्वाभिमान कसैले नि बेच्नुहुन्न ठुलो छ यो !!



थोपा थोपा संगालेर समुद्र बन्छ पानीको !

येकएक गरी जम्मा बिकास हुन्छ बानीको !!

Saturday, January 14, 2012

गजल- नालीबेली

चौध पुगी पन्ध्र टेक्दा झल्क्यो जवानी
सोह्र बर्षे उमेरमा टलक्यो जवानी
**************************
तिर्मिराये आखा दुवै चार आखा भै जुध्दा
गन्तव्यमा बाटो भुली सल्क्यो जवानी
***************************
आली खनि बालि खाने डुग्रे मुसा जस्तै
आँखा छली कसम खाँदै पल्क्यो जवानी
****************************
गाला अब चाउरी परे तृष्णा बाकि छदै
बल्ल टेक्यो कलेजमा ढल्क्यो जवानी
****************************
''टीनयेजर्सको'' नाली बेली यस्तै नै छ चेली
लेख्दा लेख्दै चाचासंग तर्क्यो जवानी
****************************

''Happy New Year 2012''

O' lord give us strength we all say
power to start new things everday
why send new year once a year
make it happen to come day by day !


one takes new year as a gun
some think new year has many fun
hope fills one's life that's so strong
why wait untill old year be gone !


catch the sunshine that makes hay
get now be fulfilled new years say
there comes the prosperity in your life
only by practice it all over everyday !


''Happy New Year 2012''

गजल- कस्तो छ जिन्दगि

मनको भ्रम पन्छाई हेर्दा कस्तो छ जिन्दगि
बिहानी पख झुल्केको घाम जस्तो छ जिन्दगी


उत्कृस्ट जीवन चरम सुख आँकेर बस्नेलाई
शराब जुवा कुलतले घेरी डस्दो छ जिन्दगी


मानिस गर्छ मानिसकै लागि जटिल सिर्जना
फुकाउन खोज्दा झन् गाठो भित्र फस्दो छ जिन्दगी


कि गरि खाउ कि मरि जाउ संधै छ अभाब
यो पुंजिबाद लागेन उँभो खस्दो छ जिन्दगी


मानिस सबै यौटै हो भन्छन धर्तीमा टेक्नेलाई
अमिर किन सिमाना तोकी बस्दो छ जिन्दगी


उखेली जरो नुन चुक हाली फेदैमा ढाले 'नि
चाकरी प्रथा झन झन भित्र पस्दो छ जिन्दगी


जोतेर हलो छाक टार्छन कति को पाउँछ सम्मान
गजल कोर्नेहरुको यहा सस्तो छ जिन्दगि !!

तीन गेडी

तीन गेडी
नेपालमा कानून छैन रे ! कानून छैन रे !
सुर्ती खाने चून !
कानुनको का छैन नुनै नुन्
कानुन मिची के भलो गर्दा हुन्
सुर्ती खाने चून !


नेपालमा ऐन पनि छैन रे ऐन पनि छैन रे
नुनको सोझो गर्ने कोइ हैन रे !
किन चाइयो नुन ?
ऐन पोली के चैन गर्दा हुन्
किन चाइयो नुन ?

नेपालमा नाताको हाबी छ नाताको हाबी छ
देशै खाने नेताको दाबि छ
देशमा लाग्यो घुन !
खाता सारी नाता के गर्दा हुन्
देशमा लाग्यो घुन !

सुर्ती खाने चून !
किन चाइयो नुन ?
देशमा लाग्यो घुन !