Wednesday, October 24, 2012

तमसोर्मा ज्योतिर्गमय !

स्वार्थ परित्याग  गरी कर्म  गरौ बहुजन हिताय
पोखी सत्कर्म छताछुल्ल ज्ञान चरौ बहुजन हिताय
+
अनभिज्ञ छैनौ इतिहासको भेट्छौ किर्तिमान त्यहाँ
सुन्यौ उपदेश घासिको नाम छरौ बहुजन हिताय
+
बेद शास्त्र पुराण मार्ग दर्शन  गर्छन अकन्टक भारी
गुन्जायमानस्वर घन्कीरहन्छन कान भरौ बहुजन हिताय
+
धर्म काम अर्थ मोक्ष निर्देशित पथ यो गन्तब्य को
अमर छैनन् जीव चराचर शान मरौ बहुजन हिताय
+
बनाऔ सुखमय जीबन ज्ञान बिज्ञान अघि बढाई
तमसोर्मा ज्योतिर्गमय अज्ञान तरौ बहुजन हिताय

तलाक का पाँच पाइलाहरु !

माइत बाट फर्के पछि  सुरा माग्न  थालिन रे
गाउले बाट सुन्न थाले  कुरा काट्न थालिन रे
..
जारि  तिर्छु    भन्ने  संग    पराधीन   भई
खसम संग  कानुनको बुँदा छाँटन थालिन रे
..
बोलि  चाली  बन्द भा'को  हप्ता जति हुँदा
छिमेकीले खासखुस गरे चुरा साट्न थालिन रे
..
वैमनस्य   बढ्दै   गयो    हदैसम्म     भयो
वकिलको भान्सा पसी पुरा चाट्न थालिन रे
..
कतिसम्म  ढुक्क  थिए   सिरानघर    बाजे
भन्छन अब  पैरो गयो  भुरा ढाटन थालिन रे

घुर्की !

मानसरोबर बाट कर्यांग कुरुंग उडे
गए तीर्थ काशी घाट कर्यांग कुरुंग उडे
`
सम्झनाले तिमीलाई सताएर होकी ?
न छोडेको किन खाट कर्यांग कुरुंग उडे
`
धामी बैद्द्य  बोलाउँ कि आफै ढ्याग्रो ठोकु
खोकी लागे मह चाट कर्यांग कुरुंग उडे
`
सद्दे कपाल डोरी बाँधी दुखाउनु  किन ?
मन न परे माया साट कर्यांग कुरुंग उडे
`
तिम्रो सामु कसम खाइ झुन्डिएर मर्छु
नत्र भने डोरी काट कर्यांग कुरुंग उडे

बादल छेउ देखिन्छ चादी

बादल छेउ देखिन्छ चादी, लाग्दैमा लोभ धाईन्छ कसरी
रोजेको जस्तो चाहना हुन्छ, खोज्दैमा मोती पाईन्छ कसरी
.
अमृत सरि स्वर्गको फल, पृथ्बी मा पनि फलाउन सकिन्छ
कठिन हुन्छ भनेर सोचे,   मियोमा  बाघ दाईन्छ  कसरी
.
मदत मागे निर्माण गर्न हजार हात बिदेशी झुम्मिनछन्
भन्दैमा उसकै राष्ट्रिय गान, अस्तित्व मेटी गाईन्छ कसरी
.
शिरको  टोपी  नेपाली  शान, सुरवाल  दौरा छुट्टीन्नन्
रास्ट्रीयताको धज्जी उडाई, फोकटको टाई लाईन्छ कसरी
.
आउछ  मौका  पर्खने छैनन्,  समय   खोला एकै हुन्
मौकामा जोहो नगरि बसे, बगेको पानी ल्याईन्छ कसरी

दोमन

मन त  मेरो यौटै थियो भयो दोमन
अँध्यारोमा बल्यो दियो भयो  दोमन
.
लामो यात्रा जिन्दगीको हिड्दा हिड्दै थाकें
जस्तो लाग्छ खुट्टी खियो  भयो  दोमन
.
पुग्नु पर्ने गन्तव्यमा सोझो बनि  हिड्नु
बाङ्गो लागे गर्छन चियो भयो  दोमन
.
दुइ दिनको हो यो भाइ प्राण धारी जीव
न खाएमा गल्छ फियो भयो  दोमन
.
अन्न पानि अक्सिजनको भूमिका हो तन
जीबन धान्न पानी पियो भयो  दोमन
.
अबयब शरीरका गर्छन भिन्न काम
र्हिदयमा डढ्यो हियो  भयो दोमन
.
यो मन भन्ने कैलेकहिँ फाट्ने पनि गर्छ
न फुटेमा फेरी सियो  भयो  दोमन
.
त्यसैले त चाचा भन्छ उसको दुइट मन्छ
ककसले यो कुरा लियो भयो  दोमन

Sunday, October 7, 2012

खोटो गणतन्त्र !

ताछी ताछी छोटो भयो लिलामी को लौरी
गणतन्त्र  खोटो भयो   गुलामीको लौरी
..
अबसर  बादीहरू  यस्तै  खेल  खेल्छन
भुइँ फुट्टा लाई चोटो भयो हरामीको लौरी
..
कछाड र शिरको टोपी फाल्नु हुन्न भन्थे
गोठालोलाई  भोटो भयो  भिखारीको लौरी
..
कति ''बाद'' आए गए लछारपाटो लाउदै
अगुवा नै मोटो  भयो  शिकारीको लौरी
..
देख्नु हुन्न रुखको हाँगो बांगो टिङ्गो भा'को
विदेशीलाई फोटो भयो  शिरिषको लौरी !!

प्रस्फुटन !

धर्ति अलग न रही पबनसे,
अलग न   रही नीर
सीता अलग न रहसकी रामसे,
काननकपि मथलियो क्षीर !
आत्मा मिल जाती है परमात्मासे,
है निश्चित पर अति दूर !
मिट जाना इक रोज अबश्यम्भाबी है,
मृगतृष्णा सुखसागरकी त्यागो धीर !

''च्याट'' मा पर्यो लभ !

कति मिठा कुरा गर्यौ ''च्याट'' मा पर्यो लभ
शिरमाथि ढल्किएको ''ह्याट''  मा पर्यो लभ
००
कुन देशको आइसक्रिम खान्छौ कुन बोतलको सोडा
फ्रेन्च फ्राईमा त ज्यानै फाल्छौ ''फ्याट'' मा पर्यो लभ
००
हलिउड   र   बलिउड  का   सेलेब्रीटी   सबै
तिम्रै ''वाक'' का कुरा गर्छन ''क्याट'' मा पर्यो लभ
००
अनौठो  छ   तिम्रो बानि प्रतिपक्षी  लडाउने
घरमा कति पालेकी छ्यौ  ''र्याट्''  मा पर्यो लभ
००
यौटा   हातमा  दुइटा लट्ठी  नचाएकी   किन ?
बान्की राम्रो ''दिस'' मा भन्दा ''द्याट'' मा पर्यो लभ

पिचिची पुचुचु.......

घुमाइ हात पकाउ जेरी पिचिची पुचुचु
घुमेन भने बन्दैन फेरी  पिचिची पुचुचु

कस्तोछ घर कस्ताछन् स्वामी केकस्तो चलन
बाबाले  दिए  घरै न हेरी  पिचिची पुचुचु

तीजमा भए संगिनी भेला नन्द र भाउजु
मलाइ भने कटाए भेरी  पिचिची पुचुचु

आमा र छोरा खासखुस गर्छन ससुरा जाउ भन्ने
हिड्नु भो स्वामी टेर्दै  न टेरी पिचिची पुचुचु

नौ डाडापारि दिनु भो किन झल्झली सम्झन्छु
बाबाको घरमा फुलेको चेरी पिचिची पुचुचु

सजिए होलान् दिदि र बैनी सिफनको सारीमा
मलाइ ल्यायो  दशाले  घेरी पिचिची पुचुचु

बेदना चर्को मनमा बोकी म बाचू कसरी
के लाऊँ पाशो म मर्छु सेरी पिचिची पुचुचु
7
अलबिदा हापी तिज !!

ए ! भुतुक्कै भाछु रे .....

ए ! भुतुक्कै भाछु रे ......
क्या राम्रा केटिले ...
हेर्दा हेर्दै पछिल्तिर समाए दोटिले.....
चौध बर्ष उमेरैमा बिहे गर्दे बा...ले
सबैभन्दा राम्रो छु  म मलाइ भन्छे काले !
उसका मात्रै जम्मा हुन्छन राम्री राम्री साथी
नजर मेरो उतै लाग्छ, उसको अरुमाथि !
भुतुक्कै भा...छु रे !
क्या राम्री केटि...ले ..!!!!!!
उनका आँखा छली छली अरुलाई हेर्छु
अरु आए उनीतिर अंगालो ले घेर्छु
बर्ष दिनमा एक्दिन भन्दै छाडा लाग्न खोज्छिन
मेरो पालो हलमा पस्छु, चिमोटेर घोच्छिन
ए ! भुतुक्कै भाछु रे ......
क्या राम्रा केटिले ...
ए ! भुतुक्कै भाछु रे ......
क्या राम्रा केटिले ...
पुरुषको  कुरा काटी  तिज भरि  नाच्ने
रक्सि खादा जुवा खेल्दा खोतलेर जाच्ने
हाम्रो पनि चाहाड़ पर्ब,   कैले कहिँ खेल्छौ
यो पर्वमा महिलालाई कहा हामी पेल्छौ...
ए ! भुतुक्कै भाछु रे ......
क्या राम्रा केटिले ...
आँखा तरीन्  उनको भाषा मैले बुझी हालें
मौका छोपी समुहको भनाइ सुन्न थालें
''कहाबाट  भित्र पस्यो चिबे नकटो यो''
भन्दै मलाइ घोच्न थाले सै न सक्नु भयो ....
ए ! भुतुक्कै भाछु रे ......
क्या राम्रा केटिले ...
माइत बाट लिन आए चुरा पोते किन्छौ
राम्रो संग जाउ भनि बधाई पनि दिन्छौ
नन्द भाउजु,आमाजुको कुरा न काटेर
सासु ससुराको   खबर  भन्नु न ढाटेर
ए ! भुतुक्कै भाछु रे ......
क्या राम्रा केटिले ...

हल्ला

आज भोलि ये बि सी मा हल्ला चल्या छ रे
शकुनीको तालु माथि आलु फल्या छ रे
..
उल्टो हावा बहनाले थकित छन् पात्रहरु
प्रतिकूल बेला उसको बत्ति बल्या छ रे
..
जति गर्नु जे जे गर्नु गर्दा गर्दै हार
स्वीकारेर खस्नु पर्दा हस्ती गल्या छ रे
..
मौका छ यो चौका दाउ हान्नु पर्यो भन्दै
पासा पल्टिन्छ कि भनि ''कोरी पाउ'' मल्या छ रे
..
स्वार्थ पुरा गर्न् खोज्ने भिखारीको साथ
भोकाएर घाँस खोज्दै सिंह ढल्या छ रे !

बेशारे माया

तिम्रो मनको मझेरीमा सकिएन नाच्न पनि
मर्न पनि सकिएन, सकिएन बाच्न पनि
=
चार पयोको जिन्दगि मा छिनी सके तीन
बिहानीको चन्द्र जस्तै, सकिएन साच्न पनि
=
सास छउन्जेल आस भन्छन  माया मरे पनि
यौटा टुसो बाकि नै छ, सकिएन भाच्न पनि
=
जिभ्रो  रे'छ  पिपलपाते  छेपारोको  रुप
बेशारे त्यो बानि तिम्रो, सकिएन जाँच्न पनि
=
माया भन्नु  माया नै  हो   हराउदैन कैल्यै
काउसो जस्तै रैछ माया  सकिएन मास्न पनि

पिउने बानी

टाढै बाट  झ्वाट्ट  देखिन तर्कू  जस्तो लाग्यो
जाउ कि नजाउ दोमन भयो पर्खु जस्तो लाग्यो
``
यतिकैमा नजिक भइन छिटो पाइला चाली
मनमा मेरो शंका उठ्यो फर्कू जस्तो लाग्यो
``
भूल मेरो आफ्नै थियो लुकी छिपी पिउने
उल्टै दोष देखाएर सर्कू  जस्तो लाग्यो
``
कति मिठो बोलि बोलिन मनै लोभ्याएर
तर आफ्नो पोल खुल्दा झर्कू जस्तो लाग्यो
``
बानि मेरो थाहै थियो सम्झाउन खोजिन
उनैमाथि प्रत्यारोप छर्कू जस्तो लाग्यो
``
नारीमाथि पुरुषको अत्याचार सम्झे
महसुश भयो आफै मर्कू जस्तो लाग्यो
``
चटक्क नै छुट्यो मेरो फेरी पिउने काम
पिउने बानी गर्ने माथि दर्कू जस्तो लाग्यो

राजा दसरथ का तीन प्रस्न ?

न देखेको बहानाले बस्यौ चूप किन ?
सम्झेर के रातभरी रोयौ खूब किन ?
`
मनभित्र  लाखौ लाख इच्छा हरु बोकी
मर्नु बरु बेश भनि बाल्यौ धूप किन ?
`
पुर्णिमाको चन्द्र जस्तै झल्झलाउदी तिमि
हेर आज औंसी जस्तै  पार्यौ रुप किन ?

कसम

संधै साँचो भन्छु भनि किरिया म खान्न
ताराहरु गन्छु भनि  किरिया म खान्न
=
पेल्दा  बरु तेलाउला  बालुवामा  पानी
मरुभूमि खन्छु  भनि  किरिया म खान्न
=
न रमाउ सपनामा  मनको  लड्डु सित
तिम्रो टिन्ग्रे बन्छु भनि किरिया म खान्न

कक्टेल !!

कैले काही लभ्को  पनि ''कक्टेल' मिठो हुन्छ
मुखमा राख्दा रसाउने ''चकलेट''  मिठो हुन्छ
**
माया भेट्दा यस्तै हुन्छ डर लाग्छ कि लाज
साँझपख    करेसाको    ''आखेट''   मिठो हुन्छ
**
पैले पैले    हामी पनि    कलेज   जाने गर्थ्यौ
मन परेकी केटीको ''जम्काभेट ''  मिठो हुन्छ

आज मादल काँ बज्यो !

साँझ पर्यो पल्लो गाउको शिरमा बज्यो मादल
जाउँ कि न जाउँ दोमन भयो पिरमा बज्यो मादल

चुला चौका मेला  पात  गाउबेशी धाउदै
डाले घास माथि माथि भिरमा बज्यो मादल

साउनको  हरियाली  गोठ  भरि लैना
वाक्क पार्यो दै च्युराले खिरमा बज्यो मादल

धनि छ यो देश हाम्रो चाहाड पर्ब कति
मेला लाग्यो कर्णालीको तिरमा बज्यो मादल

छोरी भने  माया पाउने बुहारीलाई दुख्ख
को देख्छ र पैतालाको झिरमा बज्यो मादल
5