सुनसान आधा रात, जोडी हुनु बेग्लै मजा
सपनामा शिखरको शिर छुनु बेग्लै मजा
.
दिनभरी उज्यालोमा भबराले फूल जस्तै
धन ज्ञान दुवै मिल्ने पुस्तक् फुनु बेग्लै मजा
.
बैंस चड्दो जवानीमा प्रेमआँखा अन्धो हुन्छ
न बुझेका अबस्थामा गिदी धुनु बेग्लै मजा
.
ऋषि मुनि हरु पनि सुरापान गर्थे भन्दै
गृहस्थीमा कामधेनु जस्तै दुनु बेग्लै मजा
.
तर यौटा कुरा सुन यहाँ ''चाचा विहंगम''
प्रायस्चित्त गर्नु पर्दा सम्झी रुनु बेग्लै मजा
Friday, July 26, 2013
Monday, March 11, 2013
यौटा अनुरोध शिबजिलाई !!
कैलासको मझेरीमा बसी सर्को नतान है !
डुब्न आट्यो विभाजनले यस्तो धर्को नतान है !
1
जति बस्छौ तिमि आफै यहाको नागरिक भै !
प्रदुषण सही बस्दा पल्लो घरको नतान है !!
2
मच्चियो खिचडीतन्त्र चुलियो राज्य विप्लब !
अनुशासन राख्नु छ न्याय थरको नतान है !!
3
खुल्नेछ कहिले तिम्रो नेत्र तेस्रो छ काम के !
हुन्छ रे ज्येठमा केके भोट करको नतान है !!
4
समस्या यो नसुल्झाई निद्रा लाग्ला छिटै बरु !
मृगचर्म हटाएर सुत्न बर्को नतान है !!

आक्रोश !
बादर नाच नचाउनेको आंट थरि थरि
सिंगो देश निल्न खोज्ने छांट थरि थरि
.
राजनीति चर्नेहरु तिर्खा मेट्न जाने
दक्षिण र उत्तरको घाट थरि थरि
.
होड चल्छ बाजी लाग्छ दाह्री जुँगा बिक्छ
मदारीको आवाजमा हाट थरि थरि
.
हार जीत मल्ल युद्ध मैदान रे देश
विपक्षीको थकाइ मार्ने खाट थरि थरि
.
बिस्वासको संकटले घुडा टेकेपछि
आक्रोशको भीड रोक्न ढाँट थरि थरि
सिंगो देश निल्न खोज्ने छांट थरि थरि
.
राजनीति चर्नेहरु तिर्खा मेट्न जाने
दक्षिण र उत्तरको घाट थरि थरि
.
होड चल्छ बाजी लाग्छ दाह्री जुँगा बिक्छ
मदारीको आवाजमा हाट थरि थरि
.
हार जीत मल्ल युद्ध मैदान रे देश
विपक्षीको थकाइ मार्ने खाट थरि थरि
.
बिस्वासको संकटले घुडा टेकेपछि
आक्रोशको भीड रोक्न ढाँट थरि थरि
आज त दिबस रे'छ !
झ्वाट्ट हेर्दा पाना भरि नारी दिबस रे'छ
गरिमा र महिमाको घारी दिबस रे'छ
.
डोको नाम्लो फ्यात्त फाली छिटको गुन्यु फेर्न
एकै दिन किन न होस् सारी दिबस रे'छ
.
पँधेरो र जात्रा मात्रा ताकि घरबार
जोड्नु पर्ने सैधुवालाइ जारि दिबस रे'छ
.
पोहोरसाल कोदो टिप्न लाको पर्म तिर्न
आजै गोड्नु पर्ने उखुबारी दिबस रे'छ
.
महिलाको मण्डलीमा भाषण छाटन खोज्दै
नेता हुने मपाइलाइ दार्ही दिबस रे'छ
.
नारीलाई स्वतन्त्रता दिनुहुन्न भन्दै
कान फुक्नेलाई स्वेच्छाचारी दिबस रे'छ
.
शताब्दीले एक्काइसौ पार गरि सक्दा
कछुवाको चाल चल्ने भारि दिबस रे'छ

भूतले खाजा खान थाले पछि ....
अन्धकार आकासले रंगिएको छु म
संकटको विकासले रंगिएको छु म
.
भबिष्य को दिशा बोध कतै पनि छैन
प्रदेशको प्रकाशले रंगिएको छु म
.
व्यक्तिबादी बिचारको आघातले गर्दा
किनकिन निरासले रंगिएको छु म
.
बलियाले राज्य गर्ने मत्स्य नीतिदेखि
अन्यायको पिनासले रंगिएको छु म
.
मल्लयुद्ध मात्र गर्ने संबिधान माथि
अस्तित्व को बिनासले रंगिएको छु म
Friday, March 1, 2013
रामै प्यारो !
काम गरि खानेलाई कामै हुदो रे'छ प्यारो
किर्ति राख्न चाहनेलाई नामै हुदो रे'छ प्यारो
१
उज्यालोको लागि मात्र विकल्प छन् धेरै
शिक्ष्याज्योति जीवनको घामै हुदो रे'छ प्यारो
२
अचानोले थाहा पाउछ खुकुरीको धार
चलन्, रिति थाम्न आफ्नो गामै हुदो रे'छ प्यारो
३
टाडा किन जानु पर्यो पुण्य कमाउन
सत्संगत भेटे त्यहि धामै हुदो रे'छ प्यारो
४
जति बन अहंकारी उमेरले अन्धो
को होला र आखिरमा ''रामै'' हुदो रे'छ प्यारो

पहरदार !
झुपडपट्टि कब्जा गरे दरबार बनाए
सुकुम्बासी अघि सारे तरबार बनाए
g
भोका पेट छानी छानी खोसे कलम कापी
देश हाक्ने कर्णधारलाई सरदार बनाए
a
नाक सम्म चुल्यायेर जनताको आर्जन
सपनामा कल्पे जस्तै घरबार बनाए
j
रोए जस्तो कुटे जस्तो नाटक गर्दै गरि
कुमालेको भाँडा जस्तै सरकार बनाए
a
सुधारको घाम कुर्ने स्वाभिमानी लाई
रात लामो पारी पारी पहरदार बनाए
सुकुम्बासी अघि सारे तरबार बनाए
g
भोका पेट छानी छानी खोसे कलम कापी
देश हाक्ने कर्णधारलाई सरदार बनाए
a
नाक सम्म चुल्यायेर जनताको आर्जन
सपनामा कल्पे जस्तै घरबार बनाए
j
रोए जस्तो कुटे जस्तो नाटक गर्दै गरि
कुमालेको भाँडा जस्तै सरकार बनाए
a
सुधारको घाम कुर्ने स्वाभिमानी लाई
रात लामो पारी पारी पहरदार बनाए
Sunday, January 27, 2013
गजल-किन भने...
गजल-किन भने...
भागबण्डा लगाउन कर्णधार हुलिरहे
उनको आफ्नै स्वार्थनीति, सुत्रधार घुलीरहे
.
आगो विनाशको दन्क्यो खरानी बन्न बाकी छ
बांगो हांगा पनि सोझो भन्ने खुंखार झुलिरहे
.
साँढे जस्तै खुलेआम जाली झेली हरु सब
न्याय कानुनको सामु स-हुङ्कार डुलीरहे
.
बिषवृक्ष पनि बंश धान्न फुल्नु स्वाभाविक
नाताबाद कृपाबाद लगातार फुलीरहे
.
छाक टार्ने बाध्यतामा पेट भर्न जनार्दन
देश खोक्रो बनिसक्दा वारपार भुलीरहे
.
''विहंगम'' जति देख्छ, लेख्छ कलमले पनि
रोकिने त कुरै छैन सयौ द्वार खुलीरहे

हुक्कालाइ जस्तै त हो कैले झिर जिन्दगीमा !
हुक्कालाइ जस्तै त हो कैले झिर जिन्दगीमा !
कैले खुशी कैले दुख कैले पिर जिन्दगीमा
रुखा सुखा टार्छ कैले,कैले खिर जिन्दगीमा
.
खप्नु पर्ने बाधा धेरै शिखरको लक्ष्य भेट्न
माथि माथि चढुं भन्दा कैले भिर जिन्दगीमा
.
संसारको रिति रे'छ अघि बढ्न खोज्दा तान्ने
फाली हैन सियो बनि कैले छिर जिन्दगीमा
.
शीत पर्छ हिउ जम्छ बास्प बन्छ कुनै बेला
आँखा बाट झर्दा बन्छ कैले नीर जिन्दगीमा
.
उत्थान र पतनको लेखा जोखा राख्ने भए
झुकाउन पर्ने रे'छ कैले शिर जिन्दगीमा
.
धोका धेरै पाईयेला हरेश खादै खानु हुन्न
हुक्कालाइ जस्तै त हो कैले झिर जिन्दगीमा
.
आंधी पैरो धुलो धुवाँ चाहिन्छ नै ''चाचा''
न आई त हुने छैन कैले थिर जिन्दगीमा

seventh decade (सातौ दशकका बुंदाहरु !)
seventh decade (सातौ दशकका बुंदाहरु !)
everyday,everyday , i pee everyday
it's not toilet nor urinal fills pouch everyday !
.
it runs through a hollow tubie inserted in bladder
came from Foley catheter that i wear everyday !
.
if not familiar you are , get to know something
as men hit age beyond fifty troubles night n'day !
.
all men get not necessarily ''hyperplazia....''
inherit it some but not otherwise you loose happy gay !
.
can not pee in routinely normal retention resulted
hindrances are promiscuous it blocks all the way !
.
obviously benign prostate as it gets dignosed
the glands culprit suddenly enlarged starting to foul play !

गजल - दृढ प्रतिज्ञा
गजल - दृढ प्रतिज्ञा
हैन हैन कसरि म चम्कौ भन्छ भैरे
प्रगतिको बाटो खोजि लम्कौ भन्छ भैरे
०
अघि बढ्नु भन्ने कुरा सहज कहाँ छ र
पसिना को धारा केले हम्कौ भन्छ भैरे
०
छाया खोज्छ ठुलो वृक्ष मुनि घुंडा टेक्दै
हुरी पात चुड्छ आफै गम्कौ भन्छ भैरे
०
चेतनाको पोको फुन्छ संघर्ष पो भेट्छ
डाह हुन्छ शितल पानि छम्कौ भन्छ भैरे
०
बीच बाटो फर्किनेले बरु मर्नु भन्दै
प्रतिज्ञा को खलियोमा दन्कौ भन्छ भैरे
०
आखिर के छ र संसारमा असम्भब
प्रतिज्ञाको लौरो टेकी घन्कौ भन्छ भैरे
०
शिर चुम्यो सफल हुदै अब हेर तिमि
उसको पालो आयो अब बम्कौ भन्छ भैरे
प्रगतिको बाटो खोजि लम्कौ भन्छ भैरे
०
अघि बढ्नु भन्ने कुरा सहज कहाँ छ र
पसिना को धारा केले हम्कौ भन्छ भैरे
०
छाया खोज्छ ठुलो वृक्ष मुनि घुंडा टेक्दै
हुरी पात चुड्छ आफै गम्कौ भन्छ भैरे
०
चेतनाको पोको फुन्छ संघर्ष पो भेट्छ
डाह हुन्छ शितल पानि छम्कौ भन्छ भैरे
०
बीच बाटो फर्किनेले बरु मर्नु भन्दै
प्रतिज्ञा को खलियोमा दन्कौ भन्छ भैरे
०
आखिर के छ र संसारमा असम्भब
प्रतिज्ञाको लौरो टेकी घन्कौ भन्छ भैरे
०
शिर चुम्यो सफल हुदै अब हेर तिमि
उसको पालो आयो अब बम्कौ भन्छ भैरे
गजल - ज्ञान
Monday, January 14, 2013
हात गोडा ताल्चा मारी भाग भरिंदैन
चरित्रमा दाग लागे मांग भरिंदैन
=
न पार न मुटुभित्र छिया छिया घाउ
औषधि र मलमले दाग भरिंदैन
=
कण्ठ स्वर सुरिलो छ आवाजले मात्र
बिना गुरु प्रयासले राग भरिंदैन !!
चरित्रमा दाग लागे मांग भरिंदैन
=
न पार न मुटुभित्र छिया छिया घाउ
औषधि र मलमले दाग भरिंदैन
=
कण्ठ स्वर सुरिलो छ आवाजले मात्र
बिना गुरु प्रयासले राग भरिंदैन !!
मुक्तक-फन्दा
इँटा बान्की पारि मिलाउछ गारो
डकर्मी कलामा काठ पर्ने छ गाह्रो
बसीला र रामो उसलाई रंदा
अघि सारी हेरौ उ चट् तीन गन्दा !
डकर्मी कलामा काठ पर्ने छ गाह्रो
बसीला र रामो उसलाई रंदा
अघि सारी हेरौ उ चट् तीन गन्दा !
बिद्वेश यो मनको
करेसामा जोडिएको यौटा धारो छदैछ
बुढाबुढी दुइ बिच यौटा तारो छदैछ
सुख दुख जीबनमा एकै नास कहाँ हुन्छ
बनी बुतो प्राण धान्न उस्तै गार्हो छदैछ
धनि मानी व्यक्तिहरु महल सजाउछन
आफ्नो लैनो भैंसी थाके फेर्न थारो छदैछ
बर्ष भरि घुमी हाल्छ खेति पाती सबको
हात गोडा खियाउदा फल्ने चारो छदैछ
किन हुन्छ मानिसमा बिद्वेश यो मनको
मशानघाट पुर्याउन भागमा घारो छदैछ
बुढाबुढी दुइ बिच यौटा तारो छदैछ
सुख दुख जीबनमा एकै नास कहाँ हुन्छ
बनी बुतो प्राण धान्न उस्तै गार्हो छदैछ
धनि मानी व्यक्तिहरु महल सजाउछन
आफ्नो लैनो भैंसी थाके फेर्न थारो छदैछ
बर्ष भरि घुमी हाल्छ खेति पाती सबको
हात गोडा खियाउदा फल्ने चारो छदैछ
किन हुन्छ मानिसमा बिद्वेश यो मनको
मशानघाट पुर्याउन भागमा घारो छदैछ
बेदना
बेदना
बेदना भन्नु दुखाइ हो तर कारण भिन्ना भिन्नै हुन सक्छ/
जसले भोग्नु परेको छ उसलाई मात्र थाहा हुन्छ /बेदनाको
कारण र श्रोत बेग्ला बेग्लै भए पनि दुखाइ भने उस्तै उस्तै
हुन्छ/ मानौ कि कसैलाई दांत बा कान दुखेर बेदना खप्नु परेको
छ भने त्यो दुखाई सहन गर्न न सकेर खप्नु पर्ने बेदना र त्यस्तै
पिर बा आफन्त संगको बिछोड हुँदा खप्नु पर्ने बेदनाले पनि
शारिरीक रुपमा न भै मानसिक रुपमा छटपटि र बेचैनी हुने हुन्छ /
तर दुवै किसिमको बेदनाले विक्षिप्त अबस्थामा पुर्याउछ/
शारीरिक दुखाइको समन गर्न उपाय हरु छन् जस्तै पिडा-नाशक
दबाइहरुको प्रयोग,तनाब कम गर्ने उपाय, मलम पट्टि उपचार
आदि पर्दछन/ तर मानसिक बेदनामा भने शारीरिक बेदनाको
उपचार जस्तो न भै मानसिक रुपमा नै उपचार गरिनु पर्ने
हुन्छ / यसमा फकाउनु फुल्याउनु, शान्त्वना दिनु, हिम्मत
बढाउनु, आत्मीय साथीको रुपमा पेश आउनु र पीडा भोगी
लाइ एक्लो महसुस गर्न न दिनु जस्ता कुराहरुको भूमिका
अग्रणी हुन्छ/
दुवै अबस्थामा आत्म हत्याको भाबना उठ्न सक्छ/ यस्तो
भएमा एकान्त बा एक्लै न छोडी निगरानीमा राख्ने गर्नु पर्छ/
बेदनाको सही निदान र उपचार न नभएमा आखिरमा प्राण
समेत जान सक्ने कुरालाई नकार्न सकिंदैन/

Subscribe to:
Posts (Atom)