Monday, March 11, 2013

यौटा अनुरोध शिबजिलाई !!

कैलासको मझेरीमा बसी सर्को नतान है !
डुब्न आट्यो विभाजनले यस्तो धर्को नतान है !
1
जति बस्छौ तिमि आफै यहाको नागरिक भै !
प्रदुषण सही बस्दा पल्लो घरको नतान है !!
2
मच्चियो खिचडीतन्त्र चुलियो राज्य विप्लब !
अनुशासन राख्नु छ न्याय थरको नतान है !!
3
खुल्नेछ कहिले तिम्रो नेत्र तेस्रो छ काम के !
हुन्छ रे ज्येठमा केके भोट करको नतान है !!
4
समस्या यो नसुल्झाई निद्रा लाग्ला छिटै बरु !
मृगचर्म हटाएर सुत्न बर्को नतान है !!

आक्रोश !

बादर नाच नचाउनेको आंट थरि थरि
सिंगो देश निल्न खोज्ने छांट थरि थरि
.
राजनीति चर्नेहरु तिर्खा मेट्न जाने
दक्षिण र उत्तरको घाट थरि थरि
.
होड चल्छ बाजी लाग्छ दाह्री जुँगा बिक्छ
मदारीको आवाजमा हाट थरि थरि
.
हार जीत मल्ल युद्ध मैदान रे देश
विपक्षीको थकाइ मार्ने खाट थरि थरि
.
बिस्वासको संकटले घुडा टेकेपछि
आक्रोशको भीड रोक्न ढाँट थरि थरि

आज त दिबस रे'छ !

झ्वाट्ट हेर्दा पाना भरि नारी दिबस रे'छ
गरिमा र महिमाको घारी दिबस रे'छ
.
डोको नाम्लो फ्यात्त फाली छिटको गुन्यु फेर्न
एकै दिन किन न होस् सारी दिबस रे'छ
.
पँधेरो र जात्रा मात्रा ताकि घरबार
जोड्नु पर्ने सैधुवालाइ जारि दिबस रे'छ
.
पोहोरसाल कोदो टिप्न लाको पर्म तिर्न
आजै गोड्नु पर्ने उखुबारी दिबस रे'छ
.
महिलाको मण्डलीमा भाषण छाटन खोज्दै
नेता हुने मपाइलाइ दार्ही दिबस रे'छ
.
नारीलाई स्वतन्त्रता दिनुहुन्न भन्दै
कान फुक्नेलाई स्वेच्छाचारी दिबस रे'छ
.
शताब्दीले एक्काइसौ पार गरि सक्दा
कछुवाको चाल चल्ने भारि दिबस रे'छ

भूतले खाजा खान थाले पछि ....


अन्धकार आकासले रंगिएको छु म
संकटको विकासले रंगिएको छु म
.
भबिष्य को दिशा बोध कतै पनि छैन
प्रदेशको प्रकाशले रंगिएको छु म
.
व्यक्तिबादी बिचारको आघातले गर्दा
किनकिन निरासले रंगिएको छु म
.
बलियाले राज्य गर्ने मत्स्य नीतिदेखि
अन्यायको पिनासले रंगिएको छु म
.
मल्लयुद्ध मात्र गर्ने संबिधान माथि
अस्तित्व को बिनासले रंगिएको छु म

Friday, March 1, 2013

रामै प्यारो !

काम गरि खानेलाई   कामै   हुदो रे'छ प्यारो
किर्ति राख्न चाहनेलाई नामै हुदो रे'छ प्यारो

उज्यालोको लागि मात्र  विकल्प छन्  धेरै
शिक्ष्याज्योति जीवनको घामै हुदो रे'छ प्यारो

अचानोले   थाहा   पाउछ   खुकुरीको    धार
चलन्, रिति थाम्न आफ्नो गामै हुदो रे'छ प्यारो

टाडा किन  जानु  पर्यो   पुण्य  कमाउन
सत्संगत भेटे त्यहि धामै हुदो रे'छ प्यारो

जति  बन  अहंकारी  उमेरले   अन्धो
को होला र आखिरमा ''रामै'' हुदो रे'छ प्यारो

पहरदार !

झुपडपट्टि कब्जा गरे  दरबार बनाए
सुकुम्बासी अघि सारे  तरबार बनाए
g
भोका पेट छानी छानी खोसे कलम कापी
देश हाक्ने कर्णधारलाई  सरदार  बनाए
a
नाक सम्म चुल्यायेर जनताको आर्जन
सपनामा कल्पे जस्तै  घरबार बनाए
j
रोए जस्तो कुटे जस्तो नाटक गर्दै गरि
कुमालेको भाँडा जस्तै सरकार  बनाए
a
सुधारको घाम कुर्ने स्वाभिमानी लाई
रात लामो पारी पारी पहरदार बनाए