Sunday, December 4, 2011

सास छउन्जेल !

अन्धकार मेटुं भनि दियोभित्र बल्दै थिए
मिठो सेवा दिन्छु भनि फूलभित्र फल्दै थिए

टेढो मेडो कति धेरै बाटाहरु भेटें यहा
सोझो सिधा हिड्छु भनि खोजि खोजि चल्दै थिए

सार्है गार्हो भब सागर बुझिसक्नु के छ यहा
अस्ताउन आँटे सूर्य हरेस खाइ गल्दै थिए

साना साना हात पाउ तर्न कठिन् भयो नाउ
चिन्तन को झोलाबाट मलम झिकी दल्दै थिए


आश हुने सास छउन्जेल हिम्मत हार्नु किन
छोड्नु हुन्न हात भनि संघर्षले ढल्दै थिए

घट्ट

सुन भाई कस्तो हुन्छ घट्ट घुम्ने पानि
मुहानबाट डोर्याउछन् कुलो तानी तानी


चेप्टोचाक्लो जोडीमिल्ने बज्रढुंगा छानी
खोप्नु पर्छ दुबैलाई छिनो हानी हानी


पानीलाई छाँगाबाट खसालेर थानी (मदानी टेकाउने आधार )
पल्लालाई धारले हान्ने बनाइन्छ मदानी


जल प्रपातले हान्दा घुम्छ भन्ने ठानी
एक तल्ला माथि उठाई ठिक राखेर मानि


सोली ठड्याई घट्ट माथि चारै सुरमा बानि
ठिक्क पारि घान लाउन यौटी चरी सानी

घट्टघुम्दा अड्कलदिन्छे प्वालमा दाना जानी
पिसिएर पिठो बन्छ ढीडो रोटि खानि

ब्यबहार राम्रो गर्ने घटेरो को बानी
उसको कमाइ त्यहिनै हो ज्याला लिन्छ नानि

जिबिका उ चलाउँछ आफ्नो प्राण धानी
अलिकति थापिदेर बन तिमि दानी


पढी सक्यौ सुनी सक्यौ कस्तो रेछ घट्ट
सोधिहाले अब तिमि भन्न सक्छौ झट्ट

ढोका

ढोका खुला थियो भनि मुटुभित्र पसिन उनि !
साथ कोहि न देखेर ढुक्क भई बसिन उनि !!


ढुंगा खोज्दा देउता मिल्यो भन्दै मुटु छामिन !
चुंडीएको मुटु भेट्दा भण्डखारोमा फसिन उनि !!


चौटा पाउने आशा सबै झोलमा डुब्यो हेर !
ढोका फेरी बन्द हुँदा छाँगा बाट खसिन उनि !