झ्वाट्ट हेर्दा पाना भरि नारी दिबस रे'छ
गरिमा र महिमाको घारी दिबस रे'छ
.
डोको नाम्लो फ्यात्त फाली छिटको गुन्यु फेर्न
एकै दिन किन न होस् सारी दिबस रे'छ
.
पँधेरो र जात्रा मात्रा ताकि घरबार
जोड्नु पर्ने सैधुवालाइ जारि दिबस रे'छ
.
पोहोरसाल कोदो टिप्न लाको पर्म तिर्न
आजै गोड्नु पर्ने उखुबारी दिबस रे'छ
.
महिलाको मण्डलीमा भाषण छाटन खोज्दै
नेता हुने मपाइलाइ दार्ही दिबस रे'छ
.
नारीलाई स्वतन्त्रता दिनुहुन्न भन्दै
कान फुक्नेलाई स्वेच्छाचारी दिबस रे'छ
.
शताब्दीले एक्काइसौ पार गरि सक्दा
कछुवाको चाल चल्ने भारि दिबस रे'छ
No comments:
Post a Comment