करेसामा जोडिएको यौटा धारो छदैछ
बुढाबुढी दुइ बिच यौटा तारो छदैछ
सुख दुख जीबनमा एकै नास कहाँ हुन्छ
बनी बुतो प्राण धान्न उस्तै गार्हो छदैछ
धनि मानी व्यक्तिहरु महल सजाउछन
आफ्नो लैनो भैंसी थाके फेर्न थारो छदैछ
बर्ष भरि घुमी हाल्छ खेति पाती सबको
हात गोडा खियाउदा फल्ने चारो छदैछ
किन हुन्छ मानिसमा बिद्वेश यो मनको
मशानघाट पुर्याउन भागमा घारो छदैछ
No comments:
Post a Comment