Sunday, January 27, 2013

गजल - दृढ प्रतिज्ञा

गजल - दृढ प्रतिज्ञा

हैन हैन कसरि म चम्कौ भन्छ  भैरे
प्रगतिको बाटो खोजि लम्कौ भन्छ  भैरे

अघि बढ्नु भन्ने कुरा  सहज कहाँ छ र
पसिना को धारा केले हम्कौ भन्छ  भैरे

छाया खोज्छ ठुलो वृक्ष मुनि घुंडा टेक्दै
हुरी पात चुड्छ आफै गम्कौ भन्छ भैरे

चेतनाको पोको फुन्छ संघर्ष पो भेट्छ
डाह हुन्छ शितल पानि छम्कौ भन्छ  भैरे

बीच बाटो फर्किनेले  बरु मर्नु  भन्दै
प्रतिज्ञा को खलियोमा दन्कौ  भन्छ  भैरे

आखिर के छ र संसारमा असम्भब
प्रतिज्ञाको लौरो टेकी घन्कौ भन्छ  भैरे

शिर चुम्यो सफल हुदै  अब हेर तिमि
उसको पालो आयो अब बम्कौ भन्छ  भैरे

No comments:

Post a Comment