हुक्कालाइ जस्तै त हो कैले झिर जिन्दगीमा !
कैले खुशी कैले दुख कैले पिर जिन्दगीमा
रुखा सुखा टार्छ कैले,कैले खिर जिन्दगीमा
.
खप्नु पर्ने बाधा धेरै शिखरको लक्ष्य भेट्न
माथि माथि चढुं भन्दा कैले भिर जिन्दगीमा
.
संसारको रिति रे'छ अघि बढ्न खोज्दा तान्ने
फाली हैन सियो बनि कैले छिर जिन्दगीमा
.
शीत पर्छ हिउ जम्छ बास्प बन्छ कुनै बेला
आँखा बाट झर्दा बन्छ कैले नीर जिन्दगीमा
.
उत्थान र पतनको लेखा जोखा राख्ने भए
झुकाउन पर्ने रे'छ कैले शिर जिन्दगीमा
.
धोका धेरै पाईयेला हरेश खादै खानु हुन्न
हुक्कालाइ जस्तै त हो कैले झिर जिन्दगीमा
.
आंधी पैरो धुलो धुवाँ चाहिन्छ नै ''चाचा''
न आई त हुने छैन कैले थिर जिन्दगीमा
रुखा सुखा टार्छ कैले,कैले खिर जिन्दगीमा
.
खप्नु पर्ने बाधा धेरै शिखरको लक्ष्य भेट्न
माथि माथि चढुं भन्दा कैले भिर जिन्दगीमा
.
संसारको रिति रे'छ अघि बढ्न खोज्दा तान्ने
फाली हैन सियो बनि कैले छिर जिन्दगीमा
.
शीत पर्छ हिउ जम्छ बास्प बन्छ कुनै बेला
आँखा बाट झर्दा बन्छ कैले नीर जिन्दगीमा
.
उत्थान र पतनको लेखा जोखा राख्ने भए
झुकाउन पर्ने रे'छ कैले शिर जिन्दगीमा
.
धोका धेरै पाईयेला हरेश खादै खानु हुन्न
हुक्कालाइ जस्तै त हो कैले झिर जिन्दगीमा
.
आंधी पैरो धुलो धुवाँ चाहिन्छ नै ''चाचा''
न आई त हुने छैन कैले थिर जिन्दगीमा
No comments:
Post a Comment