Sunday, January 27, 2013

गजल-किन भने...

गजल-किन भने...

भागबण्डा   लगाउन   कर्णधार  हुलिरहे
उनको आफ्नै स्वार्थनीति, सुत्रधार घुलीरहे
.
आगो विनाशको दन्क्यो खरानी बन्न बाकी छ
बांगो हांगा पनि सोझो भन्ने खुंखार झुलिरहे
.
साँढे जस्तै खुलेआम जाली झेली हरु सब
न्याय कानुनको सामु स-हुङ्कार डुलीरहे
.
बिषवृक्ष पनि बंश धान्न फुल्नु स्वाभाविक
नाताबाद  कृपाबाद  लगातार   फुलीरहे
.
छाक टार्ने बाध्यतामा पेट भर्न जनार्दन
देश खोक्रो बनिसक्दा वारपार भुलीरहे
.
''विहंगम''  जति देख्छ, लेख्छ कलमले पनि
रोकिने त कुरै छैन सयौ द्वार खुलीरहे

No comments:

Post a Comment