Sunday, September 9, 2012

डर छ ?

तिमीलाई जोड़ू भने पछी फुट्ने डर छ
नजोडु त पुस्तिकामा थोरै जुट्ने डर छ

भाले पोथी के हौ तिमि छद्म नाम अंकित
जोडें भने इति श्री नै तिम्ले थुत्ने डर छ

लेखेको र देखेकोमा  भिन्नता छ धेर
उल्टो भए श्रीमतीले मलाई कुट्ने डर छ

सद्भाव र सदाचार  हराउदै गा'छ
नाली बेली सबै मेरो तिम्ले धुत्ने डर छ

छिद्र खोजि खुट्टा तान्ने धेरै हुन्छन हेर
तिम्रो मेरो ''पिरेम'' बसे नाता टुट्ने डर छ

बदमास र फटाहाको आँखी झ्याल हो यो
व्यक्तिगत खातापाता भेटे भुट्ने डर छ

अर्काथरी एक खाले संजालले भेटे भने
घर द्वारको ठेगनाले सबै लुट्ने डर छ

त्यसकारण प्रियजन ! जोडिन न भन
यस्तै यस्तै कारणले धेरै छुट्ने डर छ

No comments:

Post a Comment