गडबड गडबड गडबड गडबड केको होला गडबड
धोका त हो राजनीति संधै हुन्छ गडबड !
@
हतपत हतपत हतपत हतपत कसलाई त्यो हतपत
जागिरेको भात पाक्न हुन्छ संधै हतपत !
@
लतपत लतपत लतपत लतपत केमा छ नि लतपत
चित्रकला सिर्जनामा रङगै रंगको लतपत !
@
खटपट खटपट खटपट खटपट कस्मा हुन्छ खटपट
जेठी कान्छी एकै चोटी भित्र्याउनेमा खटपट !
No comments:
Post a Comment