Sunday, September 9, 2012

डुंगा डुब्यो भुबरिमा !

मनमा सारै कुरा खेल्यो, ओल्टो कोल्टो फेरीरहेँ
कल्पनाको संसारमा आफ्नो किल्ला  घेरीरहेँ
#
सरसर्ती  पल्टाएर   अतीतका  ठेलीहरु
लट्टाई मा धागो जस्तै त्यान्द्रो आश बेरीरहेँ
#
सच्याउन पर्ने धेरै फेला परे पाना हरु
मोति जस्तै टल्काउन दागहरु   केरीरहेँ
#
यक्ष   प्रस्न हरु  आए  एकपछि अर्को
चोट लाग्यो अहम् माथि तर पनि टेरीरहेँ
#
दोधारमा  टेकियेछ  खुट्टा  लरबराए
डुंगा डुब्यो भुबरिमा अवाक भै हेरीरहेँ

No comments:

Post a Comment