अर्ति बुद्धि शिरोपर गर्दै मान्नु पर्छ मैले
आफै पनि के के गर्ने भन्ने जान्नु पर्छ मैले
असल कुरा छुट्टयाउन महासागर भित्र पसी
मथि मथि दहि बाट नौनी छान्नु पर्छ मैले
थरि थरि रिति थिति सबै मन पर्ने छैनन्
चित्त सब्को बुझ्ने गरि चलन् धान्नु पर्छ मैले
स्वार्थ जस्तो तुच्छ कुरा आफूबाट हटाउदै
तल हुनेलाई पनि माथि तान्नु पर्छ मैले
परिश्रम इमान्दारी मानिसको जिन्दगीमा
बाबु आमा पछि यिनै भनि ठान्नु पर्छ मैले
सबै सबै मानिसमा पशु भाब लुक्या हन्छ
मनुष्यत्व अघि सारी प्रहार हान्नु पर्छ मैले
No comments:
Post a Comment