रुख बुढो भयो भने पात झर्न थाल्छन
बाघ बुढो हुँदा हजुर दात झर्न थाल्छन
'
एकदिन संसारमा सबै बुढो हुन्छन
हामी बुढो हुँदा कुरा-बात झर्न थाल्छन '
'
बराबरी छैनन् भने दिदिबैनीका घर
हाराहारी न दिनु है घात झर्न थाल्छन
'
साँध जोडी अंश दिए दाजुभाइलाई
खुकुरी त अन्तिम हो लात झर्न थाल्छन
'
घाम छेक्दा बादलुले दिन ढाकिए झैँ
अहंकार पाल्नु हुन्न रात झर्न थाल्छन
'
जिन्दगीमा सुख दुख संधै घुमी रंछ्न
सुख बाड्नु नत्र साढे-सात झर्न थाल्छन
'
पढी लेखि ज्ञानी बनौ भन्छ "विहंगम"
खालि हात बस्नु हुन्न खात झर्न थाल्छन
बाघ बुढो हुँदा हजुर दात झर्न थाल्छन
'
एकदिन संसारमा सबै बुढो हुन्छन
हामी बुढो हुँदा कुरा-बात झर्न थाल्छन '
'
बराबरी छैनन् भने दिदिबैनीका घर
हाराहारी न दिनु है घात झर्न थाल्छन
'
साँध जोडी अंश दिए दाजुभाइलाई
खुकुरी त अन्तिम हो लात झर्न थाल्छन
'
घाम छेक्दा बादलुले दिन ढाकिए झैँ
अहंकार पाल्नु हुन्न रात झर्न थाल्छन
'
जिन्दगीमा सुख दुख संधै घुमी रंछ्न
सुख बाड्नु नत्र साढे-सात झर्न थाल्छन
'
पढी लेखि ज्ञानी बनौ भन्छ "विहंगम"
खालि हात बस्नु हुन्न खात झर्न थाल्छन
No comments:
Post a Comment