कोहि गुंड रच्दै होलान बाच्न देउ सांडी
कोहि कर्म खेप्दै होलान भाच्न देउ सांडी
१
आँखा भित्र जमेको छ सुन्दर यो धर्ति
दुखि लाई उतार्नु छ नाच्न देउ सांडी
२
संगै बाच्ने सगै मर्ने सबको यौटै धोको
बाकि पुरा गर्ने स्वप्न साच्न देउ सांडी
३
तिमीभन्दा हामी अझै शक्तिशालि छौ कि ?
तिमि हारे हामी जित्छौ जाच्न देउ सांडी
४
थरि थरि नाम फेरी दुख दिनेहरु
गनी साध्य छैनन हेर मास्न देउ सांडी
No comments:
Post a Comment