Thursday, August 2, 2012

शुभ रहोस गाइजात्रा !

भाई भाइको दिनहु
जात्रा हेर्नु पर्ने मुलुकमा
बर्ष  दिनमा एक पल्ट
चियाउछ मुलुक्क
यो गाइजात्रा / तर आउछ
यौटा रौनक बोकेर
म स्वागत गर्छु
यसलाई सलाम ठोकेर !
यसको मलाइ मन पर्ने
पक्ष के हो भने
चुटकिला, टुक्का र प्रहसन,
सुनेर म यस्तो लट्ठ पर्छु कि
जस्तो जुवाडेलाई व्यसन !
काठमाडौ सत्तलमा बिहानै देखि
हत्त न पत्त स्युचाटार तिरबाट
छाउनीको बाटो भएर आइ
ठाउ रोक्ने हरुबाट ठाउ भेट्टाएर
प्रस्ट देखिने र सुनिने ठाउ पाउनु
भनेको संग्राम जित्नु जत्तिकै
हुन्थ्यो ढिला पुग्ने हरुका लागि,
यस्तैमा चुठ्ने बित्तिकै त छाड
मछाड गरि म हुन पुग्थे सहभागी/
त्यसबेलाको चलनमा शहर सबै घुमेर
प्रहसन, प्रदर्शन टोलि बिभिन्न
बेश भूसा र आफ्नो आफ्नो
कथनी लिएर हनुमान ढोका हुदै
बसन्त पुर् बाट अलग्गिन पर्थ्यो,
एक पछी अर्को हुदै ताती लागेर
आउने हरु संग नया नया चुटकिला
सुन्न पाइने आशामा भने  मन
चुल्बुलाई सक्थ्यो,
२०२० साल भन्दा पहिलेका
चुटकिला हरुमा पाइने रौनक
भने २० साल पछी खास गरेर
पंचायत को आलोचनाले
लिन थाल्यो र व्यंग मा
अलि तिब्रता आउन थाल्यो/
त्यसपछि त झन् गाउफर्कले नै
प्रमुख स्थान लिन थालेपछि
पंचायत कालिन बिसंगतिहरु
झन् उजागर हुँदै जान थाले /
मलाइ भने  राजनीतिको
चराको नाम सम्म न जानेकोले
काठमाडौँ छाडेर अन्यत्र जानु
परेकोमा पनि त्यति धेरै
बिस्मात रहेन /
धेरै कुरा सुनियो, हासीयो अनि
मनोरंजन को लागि भनेर
मनोरंजन भयो पनि/
तर एउटा कुरा बिर्सन
सकेको छैन आजसम्म पनि /
*त्यो हो ''सैं छम डु समिनी निम डु -
चि न्याल चिकं न्याल ढिपछ्य ध्यबा डु ''*
एक जना जोडीले शेर्पा बेश भुषामा आएर समुहको
अगाडी यो प्रहसन पेश गरेर जादा म ट्वाल्ल परेको
देखेर संगैको साथीले " यिनको बेदना यौटा भएको छोराको
गत साल मृत्यु भएछ र अब हामी दुइ जना एक्ला एक्लै छौ
र गरीब हुन पुग्यौ भनेर बेदना पोखेर गए" भने सी मैले बुझे र
अर्को सालमा जात्रा हेर्न आउदा म धेरै "नेपा भाय्:"  जानेर
आउछु भनेर मनमनै प्रण गरें /

No comments:

Post a Comment