Sunday, August 26, 2012

अंकुर

बादल फाटी आकाश खुल्यो मगमग चमेली
रसमा डुब्दै भबरा  डुल्यो  मगमग चमेली

झ्याउकिरी स्वर मयुर नाच गोधुली साँझमा
बोलीमा तिम्रो मोहनी घुल्यो मगमग चमेली

चन्द्रमा शिर रातको  मिलन चखेवा चखेबी
प्रेमको अंकुर मनमा फुल्यो मगमग चमेली

सिरिरी हावा  धानका बाला लहलह खेतैमा
सपना भित्र  रहर  झुल्यो  मगमग चमेली

पत्थर मुर्ति चाहना गर्दा देवता मिले झैँ
मनले सारा संसार भुल्यो मगमग चमेली
5

No comments:

Post a Comment