जुनीभरी भनि माया माग्यौ सुलोचना
कानमा तेल हाली बसें जाग्यौ सुलोचना
^
को रोज्ला र सुनचादी पाए हिरा मोति
शिब पछी गौरी जस्तै लाग्यौ सुलोचना
^
मैले भने पख प्रिये बेला अधुरो छ
अखण्ड ले पूर्णतामा दाज्यौ सुलोचना
^
मेरो बश के पो चल्नु तिम्रै बश परें
टुना मुना देब देबी भाक्यौ सुलोचना
^
चित्त पनि दैब गति मिल्न सम्म मिल्यो
औला दिएँ बाहु पाश ताक्यौ सुलोचना
^
पख पख ! मेरोकुरा भन्नु बाँकी नै छ
कलिलैमा मधुरस चाख्यौ सुलोचना
^
पूर्ण हाम्रो जोडी देख्दा भुतुक्क नै हुन्थे
इन्द्रासन हल्लाएर हाक्यौ सुलोचना
^
ढल्कियेछ जवानी यो पत्तै न पाएर
संसारमा हुने कुरा डाक्यौ सुलोचना
^
उँभो बैंश छंदा हाम्रो माया प्रिती कस्तो
ढल्क्यो बैंश पाक्न सम्म पाक्यौ सुलोचना
^
दुनियाले थाहा पाए तिम्रो त्यो दोमन
खाल्टो खनी भड्खारोमा जाक्यौ सुलोचना
No comments:
Post a Comment