बिक्रम सम्बत १९९८ साल श्रावण १ गते धादिंग जिल्लाको महादेव बेशी स्थित पैरे गाउमा पं. बालकृष्ण रुपाखेतीको घरमा साँझ परिसके पछी सन्ध्या आरतीको काम पूर्ण रुपले समाप्त गरि परिबारका सबै सदस्यहरु भान्सा पस्ने तरखर के गर्दै थिए बाहिर पिंढीमा प्रसव बेदनाले उकुस मुकुस भै बिना सुडेनीको भरमा यस्ता यस्ता त कति कति ''अछ्यू खाए बछ्यू खाए'' यो झुसे बारुलो भन्दै एक्लै आँट गरेर कसैलाई थाहै न दिकन समय कुरेर बसिरहनु भएकी पण्डितनी श्रीमती टोपकुमारी रुपाखेतीको दशौ गर्भले यो बिचित्र संसारको भवसागर मा झ्वाम्ल्याम्म डुबुल्की के मारेको थियो,भित्र भान्सामा सबैको थालमा खिर पस्कीई सकेको रहेछ / उहाले आफै धोतीको टुक्रा टाक्रीले पुछ्दै उत्सुकताबस पहिलो प्रस्नको जवाफ खोज्ने क्रम मा भेट्टाउनु भयो र पुंस वर्ग पट्टिको हारमा राख्दै ''ये यो पनि खान भनेर आको र'छ, ल खा'' भनेर दुन्ग्रुंग लडाई दिई आफ्नो सरसफाई गर्न थाल्नुभयो/ (छोरी भएको भए अर्काको घरमा गैहाल्थी भनेर छोरालाई खान आको भन्या रे)
यो त्यो समय थियो जसबेला स्वास्थ्य गृह र कर्मी हरुको चलन थिएन, गाउमा अनुभबी महिला र सुडेनी उपलब्ध भएमा उनीहरुको सहायताले सुत्केरी गराईन्थ्यो/ मेरी ममतामयी माताश्री लाई यति धेरै हिम्मत र आत्म बिस्वास थियो कि यो कामको लागि आफ्नो पुरानो अनुभब नै काफी छ भनेर उहाले कसैलाई गुहार्न जानु परेनछ / बास्तबमा दैनिक क्रिया कलापमा केहि पनि कमि र परिबर्तन न आइकन श्रम जीवि महिलाहरु प्रसबित हुन्छन / यो देखिएकै कुरा हो /
आज यो संसारमा हुनु हुन्न ता पनि मेरो बाल्य कालमा यस्ता यस्ता साहसका कुरा हरु र आफु महिला भएर पनि कतिपय पुरुषले गर्ने कामहरु गरेको सन्दर्भले चेतना र जागरणको शन्देस हामीलाई दिदै कर्तब्य निस्ठ हुने प्रेरणा दी रहनु हुन्थ्यो बराबर/ बिहानको भात भान्सा तयार भै सके पछी बाले नुहाई धुवाई गरेर पुञ्ज पाठ न सकुन्जेल बार्दलीमा निस्केर गीता र बिष्णु सहस्र नाम पाठ गर्नु हुन्थ्यो/ अरु बेला फुर्सदमा भानुभक्त को रामायण लय पुर्बक पाठ गर्नुहुन्थ्यो/ त्यसैबेला देखि यो चाचाले छन्द मा लय हालेर कविता पाठ गर्न सिक्यो / प्रस्तुत छ यौटा छन्द कबिता :>
____________________________________________________
सिमी बोडी र कर्कलो संग संगै हल्लेर खुब नाच्छु म
खुर्सानी हरिया मिसेर नुनमा टिमुर पिंधे हाँस्छु म
गाबा खुब गलाई पाक त्यसमा लेदो बनाइ धरि
मेथी जिम्मु र गाईको घिउ लिई झानी खन्याई वरि
घोगा ति हरिया मकै संगमहा पोलेर घुंडा धसि
छोड़ाई नंगले चपाइ चमचम ओछ्याई गुन्द्री बसी
मैना श्रावणको मजा म लिउला फालेर लूतो गई
भन्दै रोजी म जन्मिए अति असल ठानेर मैना यहि !
बन्दे मातारम !!
No comments:
Post a Comment