आकाशको फल भयो आँखा तरी मर्नु !
आनन्दको पल भयो आँखा तरी मर्नु !
#
जीवन धान्ने मेरुदण्ड खेति किसानको
बिकासको मल भयो आँखा तरी मर्नु !
#
शहर भरि खचाखच भरिएको बस्ति
ब्यबस्थित ढल भयो आँखा तरी मर्नु !
#
आफ्नै स्वार्थ पुरा गर्न खोलिएका पार्टी
जनतामुखी दल भयो आँखा तरी मर्नु !
#
जति यत्न गरे पनि बोतलको घांटी
मेलम्चीको जल भयो आँखा तरी मर्नु !
No comments:
Post a Comment