साँझ पर्यो पल्लो गाउको शिरमा बज्यो मादल
जाउँ कि न जाउँ दोमन भयो पिरमा बज्यो मादल
१
चुला चौका मेला पात गाउबेशी धाउदै
डाले घास माथि माथि भिरमा बज्यो मादल
२
साउनको हरियाली गोठ भरि लैना
वाक्क पार्यो दै च्युराले खिरमा बज्यो मादल
३
धनि छ यो देश हाम्रो चाहाड पर्ब कति
मेला लाग्यो कर्णालीको तिरमा बज्यो मादल
४
छोरी भने माया पाउने बुहारीलाई दुख्ख
को देख्छ र पैतालाको झिरमा बज्यो मादल
5
No comments:
Post a Comment