तिम्रो मनको मझेरीमा सकिएन नाच्न पनि
मर्न पनि सकिएन, सकिएन बाच्न पनि
=
चार पयोको जिन्दगि मा छिनी सके तीन
बिहानीको चन्द्र जस्तै, सकिएन साच्न पनि
=
सास छउन्जेल आस भन्छन माया मरे पनि
यौटा टुसो बाकि नै छ, सकिएन भाच्न पनि
=
जिभ्रो रे'छ पिपलपाते छेपारोको रुप
बेशारे त्यो बानि तिम्रो, सकिएन जाँच्न पनि
=
माया भन्नु माया नै हो हराउदैन कैल्यै
काउसो जस्तै रैछ माया सकिएन मास्न पनि
No comments:
Post a Comment