मन त मेरो यौटै थियो भयो दोमन
अँध्यारोमा बल्यो दियो भयो दोमन
.
लामो यात्रा जिन्दगीको हिड्दा हिड्दै थाकें
जस्तो लाग्छ खुट्टी खियो भयो दोमन
.
पुग्नु पर्ने गन्तव्यमा सोझो बनि हिड्नु
बाङ्गो लागे गर्छन चियो भयो दोमन
.
दुइ दिनको हो यो भाइ प्राण धारी जीव
न खाएमा गल्छ फियो भयो दोमन
.
अन्न पानि अक्सिजनको भूमिका हो तन
जीबन धान्न पानी पियो भयो दोमन
.
अबयब शरीरका गर्छन भिन्न काम
र्हिदयमा डढ्यो हियो भयो दोमन
.
यो मन भन्ने कैलेकहिँ फाट्ने पनि गर्छ
न फुटेमा फेरी सियो भयो दोमन
.
त्यसैले त चाचा भन्छ उसको दुइट मन्छ
ककसले यो कुरा लियो भयो दोमन
No comments:
Post a Comment