आज भोलि ये बि सी मा हल्ला चल्या छ रे
शकुनीको तालु माथि आलु फल्या छ रे
..
उल्टो हावा बहनाले थकित छन् पात्रहरु
प्रतिकूल बेला उसको बत्ति बल्या छ रे
..
जति गर्नु जे जे गर्नु गर्दा गर्दै हार
स्वीकारेर खस्नु पर्दा हस्ती गल्या छ रे
..
मौका छ यो चौका दाउ हान्नु पर्यो भन्दै
पासा पल्टिन्छ कि भनि ''कोरी पाउ'' मल्या छ रे
..
स्वार्थ पुरा गर्न् खोज्ने भिखारीको साथ
भोकाएर घाँस खोज्दै सिंह ढल्या छ रे !
No comments:
Post a Comment