घुमाइ हात पकाउ जेरी पिचिची पुचुचु
घुमेन भने बन्दैन फेरी पिचिची पुचुचु
१
कस्तोछ घर कस्ताछन् स्वामी केकस्तो चलन
बाबाले दिए घरै न हेरी पिचिची पुचुचु
२
तीजमा भए संगिनी भेला नन्द र भाउजु
मलाइ भने कटाए भेरी पिचिची पुचुचु
३
आमा र छोरा खासखुस गर्छन ससुरा जाउ भन्ने
हिड्नु भो स्वामी टेर्दै न टेरी पिचिची पुचुचु
४
नौ डाडापारि दिनु भो किन झल्झली सम्झन्छु
बाबाको घरमा फुलेको चेरी पिचिची पुचुचु
५
सजिए होलान् दिदि र बैनी सिफनको सारीमा
मलाइ ल्यायो दशाले घेरी पिचिची पुचुचु
६
बेदना चर्को मनमा बोकी म बाचू कसरी
के लाऊँ पाशो म मर्छु सेरी पिचिची पुचुचु
7
अलबिदा हापी तिज !!
No comments:
Post a Comment