Wednesday, September 7, 2011

बाथरुमको कैंची (1)

यो आर्टिकल मेरो ब्लग लेखनको प्रथम प्रयास हो /
ग्राह्य भएमा धाराबाहिक तिर लम्कुं कि? भन्ने बिचार गर्दैछु / समालोचनाले मेरो कलम कैंची
तिखारियोस भन्ने आशा लिएको छु/
हो कैंची हो/ यो सानो चिटिक्क परेको कैंची हो जुन मेरो बाथरूममा ब्रसहोल्दर्को चारवटा प्वाल मध्ये यौटा प्वालमा एकल आधिपत्य जमाएर संधै बस्ने गर्छ / हेर्दा यो सानो छ तर यसको दुइ टुप्पाहरू यति राम्रो संग मिलेको छ कि बयान गरि साध्ये नै छैन / यसलाई सार्है मन परेकी श्रीमती संग तुलना गर्न सकिन्छ किन कि यो दैनिक चर्यामा मेरो नियमित प्रयोगमा आएर मेरो सम्पूर्ण प्रशाधन सम्बन्धि काम सफलताकासाथ सम्पन्न गर्न दिनका दिन मद्दत गरिरहेको हुन्छ र प्रयोग पछी म यसलाइ धोई पखाली पुछेर फेरी होल्डर मा संधै राख्ने गर्छु /मलाइ यो असाध्ये मन पर्नाको कारण यो हो कि यसको दुइटा टुप्पा सुलुक्क तिखारिएर टम्म मिलेका छन् तीखा पनि छन् तर गन्तव्यमा सजिलै संग पुगेर पनि घोच्ने काम गर्दैनन् /करिब चार इन्च लामो यो कैन्चिको प्वालमा मेरो औंला सजिलै संग पस्छ र छुटाउदा पनि अड्किदैन/ नित्य स्नान सकिए पछी म ऐना अगाडी उभिएर यसले आँखी भौं मिलाउने, सेता फुलेका रौँ लाइ फेदी बाट हटाउने ,नाकको प्वाल बाट बाहिर चियाउन लागेका रौँ लाइ चुटुक्क पारेर छोट्त्याउने, अनि समय समयमा टाउकोमा मात्र सिमित न राखी शरीरको तल तिरको भागमा पनि ओराल्ने काम भै रहेको हुन्छ जुन कि अत्त्याबश्यक नै छ /अर्को शब्दमा भनु भने यो कैंची मेरो प्राइभेसी संग यसरि गाँसिएको छ कि यसलाई म आफ्नी श्रीमती संग तुलना गर्न सक्छु /यो न भै म आफ्नो दिन चर्या पुरा गर्न सक्दिन /यो स्टिलले बनेको छ र हेर्दा चिटिक्क परेको छ / तर कडा पनि त्यतिकै छ ,दोब्र्याऊंन मिल्दैन हातले जता घुमाउन पनि सकिन्छ / यसलाई यथा स्थानमा देख्दा मेरो मन ढुक्क हुन्छ कि ए! त्यो कैंची त आफ्नो ठाउमा नै छ /जसरि दिन भरिको काममा परिवार बाट अलग रहनु पर्दा एक किसिमको क्षोभ पैदा भै रहन्छ त्यसैरी नै यो कैन्चिलाई यथास्थानमा देखिन भने मेरो मनमा बेचैनी पलाउन थाल्छ /यताउति परेको रहेछ भने देख्ने बितिक्कै मेरो मुखबाट अनायासै निस्किन्छ ए त्यहि त रहेछ नि बेकारमा ! आजकाल त हुदा हुदा बाथरुम भित्र पस्नासाथ आँखा सबभन्दा पहिले यै कैन्चिमा पर्छन र ठाउमा नै छ भने एक किसिमको मनमा सन्तोष पैदा हुन् जान्छ / म कल्पना गर्न सक्दिन कि यो कैंची अरुले लागोस र प्रयोग गरोस /यो मेरो अत्यन्त प्राइभेट कैंची हो तर कहिले कहिँ घरका अरु सदस्य हरुलाई पनि आबस्यकता परेको बेलामा प्रयोग गर्ने गर्छन जुन कि म चाहन्न / मलाइ यो कैंची चाहिन्छ /तेसो त घरमा अरु साना ,ठुला, उस्तै थुप्रै कैंचीहरु न भएका होइनन यो कैंची हातमा र मनको छापमा यसरी बसी सक्यो कि अब यो मलाइ न भै हुदैन /
एकपल्ट यो कैंची बाथरुमबाट हरायो / न देखेपछी मैले घरका एक एक जनालाई सोधे कसैले देखेको छ कि भनेर / बारम्बार श्रीमतीलाई नै सोधी रहे हाम्रो बाथरुममा अरु कसले चलाउछ र कोहि त आउदैनन भन तिमीले चलायौ कि ? थाहा भएन तर उनि पनि दिक्क भएर यौटा अर्को उस्तै कैंची किनेर ल्याइदिइन/ त्यो मलाइ मन परेन / त्यसको टुप्पाहरू पहिलेका जस्तै तिखा र चिटिक्क मिलेका थिएनन् / काट्दा पनि रौहरुलाई दोब्र्यायेर तान्ने गर्थ्यो / यतिकैमा त्यो हराएको कैंची अकस्मात पाइयो र म धेरै खुशी भएं /समयले एक बर्ष पछाडी धकेली सक्दा पनि कैंची भेटिए पछी मेरो युवापन फर्केर आयो र म पहिलेको जस्तै भएं /यो कैंची यसपाली फेरी हरायो /करिब २ मैना जति भयो /धेरै खोजिसके पाइएको छैन /
मेरो एकहत्तरौ बर्थ डे पछी यो लगत्तै हराएकोले ऐले आएर २मैना जति मैले फुलेका रौ छाँट्ने,नाक भित्रका रौ छोट्याउने र प्राइभेसी अपडेट गर्ने जस्ता कुनै काम गर्न पाएको छैन /जसले गर्दा मेरो सत्तरि बर्ष पुग्दा पनि पचास बर्ष को जति देखिने मानिसलाई एकै पल्ट असि बर्षमा धकेल्न सफल भएको छ यो कैन्चिको अभाब /हुन त श्रीमती पनि भखरै पाचौं दसकको लिस्नु पार गरेकीले पहिलेको जस्तो कैंची खोजि पस्ने र मेरो बयस्क फर्काउने तिर जाँगर चलाएकी छैनन् / उनि धेरै बेफुर्सदी रहने भकिले पनि मलाइ कैंची न पाएकोमा त्यति बिस्मात लागेको छैन यसपाली जति पहिलोपल्ट लागेको थियो /उनको शृंगार र अलंकारका सामानहरु सबै यथा स्थानमा छन् /उनीमा उमेर बढेको आभाष पाईएको छैन / मलाइ भने कैन्चिको अभाव सार्है खट्किएको छ र मेरो पंचांग तिथि मिति को उमेरलाई कैन्चिको सहायताले ढाक् छोप गर्न सफल भई रहेको छैन /अब म बुढो देखिन थालेको छु /मलाइ मेरो उमेर यथार्थ भन्दा धेरै कम देखिनुमा यसको हात पहिलो र दोश्रो हात श्रीमतीको रहेको तथ्य नकार्न सकिंदैन /श्रीमतीको अभाबमा म कैन्चिसंग रमाउन सक्छु तर कैन्चिको अभाबमा श्रीमतीलाई जाल हानेर जालभित्र थुन्न सक्दिन /जे होस् म प्रकृति प्रेमी पुरुष प्राकृतिक रुपमा पेश आउनुको तात्पर्यको बेग्लै अर्थ रहने कुरामा म बिश्वस्त छु / क्रमश:

No comments:

Post a Comment