.by Chacha Bihangam on Monday, September 19, 2011 at 8:25am. बिद्यार्थी जीवन नै यौटा यस्तो सुनौलो जीवन हो त्यो फेरी जीवनमा दोश्रो पटक पाउन सकिदैन/ हो अध्ययन भन्ने कुरालाई जिन्दगि भर नै कायम राख्न सकिन्छ समय र जीविकोपार्जन ले फुर्सद दिएमा र अभिरुची पैदा भएमा/ तर सिक्नु र जान्नु वा ब्यबहारिक ज्ञान हासिल गर्नु यो यौटा समयको कुरा हो जुन कि पछी सम्म रहदैन / भनौ कि जीवन चक्र को यो बाताबरण खास समयमा मात्र प्राप्त हुन्छ/ समय बितेपछी यो फर्कैदैन/ खेल्नु ,खानु र रमाउनु अलावा अनेक कुराहरु जीवनको यसै समयमा सिक्न सकिन्छ/
समय अनुसार शरीर बढ्दै जांदा नया नया परिधान र प्रशाधन सामाग्रीहरुको जरुरत पर्छ/ अब प्रश्न उठ्छ के कस्तो जीवन शैलीमा आफुलाई पेश गर्ने/ यो कुरा समय सापेक्ष हो र समय समयमा बदलि रहन सक्छ/ तर जुनसुकै शैली अपनाएर जुन सामग्री प्रयोगमा ल्याए पनि बाथरूममा यौटा कैन्चिको आबस्यकता परिरहन्छ/ हेर्दा सानो, आकर्षक तर बाथरूमसंग कहिल्यै पनि अलग गर्न न सकिने यो कैंची आधा सरो काम सरल जीवन अपनाउने कुनै पनि मानिसलाई युबाबस्थामा प्रवेश गर्नु भन्दा पहिले देखि नै आबस्यकता पर्न सक्छ/ कसैलाई चाडो कसैलाई ढिलो मात्र हो/
अब कुरा गरौ दाह्री जुँगाको बारेमा/ जवानीमा प्रवेश गर्ने पहिलो सिंढी मा नै युवाहरुको जम्का भेट दाह्री जुँगा संग हुन्छ/ हरेक पाइलामा ति युवासँग उसले सोधी रहेको हुन्छ कि तिम्रो जीवनमा हाम्रो स्थान के हो? अहिले नै निर्णय गर्नु पर्यो/ बिभिन्न मानिसको इच्छा बेग्लै रुपमा प्रस्फुटित हुन् सक्छ/ बाल्य कालमा तन्नेरी युबक बा प्रौढ हरुको छाप मनमा पलाए अनुसार उसले बाह्य शैलीको हुबहु परिकल्पना आफो मनमा लिई सकेको हुनु पर्दछ /
सफाचट शैली बा जुँगा पाल्ने दुइ मुख्य शैली प्रचलनमा भए पनि कहिले कहिँ शौख बश हाफ दारी, हाफ जुँगा ,साइड लक इत्यादि अस्थाई रुपमा अपनाउन सक्छन/ तर जुँगा राखेर दाह्री सफाचट गर्नु बा दार्ही जुँगा दुवै सफाचट गर्नु दुइ किसिमको अबस्था नै बाहुल्यमा रहेको पाइन्छ/ आफ्नो इच्छा अनुसार जुनसुकै अपनाए पनि त्यो दृढ निश्चित भएर ब्यबहारमा उतार्न पर्छ/ अफिसमा कामगर्ने मानिस होस् बा बाहिर क्षेत्रमा काम गर्ने होस् जहा सुकै काम गरे पनि चट्ट सफाचट भएर देखिनुलाई आफ्नो शोख भित्र समेट्न सक्नु पर्छ/ त्यसो भएमा यक दिन पनि जिन्ग्रिंग अबस्थामा काममा अनुहार देखाउन मन लाग्दैन कसैलाई/ शोख बस पाल्नेको लागि यो कुरा लागु हुँदैन तर बाथरुमको कैंचीले अनाबस्यक र भद्दा देखिने रौहरुलाई काट छाट गरेर सौम्य बनाउने गर्नु पर्छ/ यस्तो बानि लागि सकेको मानिसलाई कहिल्यै पनि नियमित क्रिया पुरा न गरि निस्कन मन लाग्दैन/
आफ्नो निजि प्रयोगको लागि आबस्यक पर्ने सामानहरुको सेट तयार पार्ने यो समय नै हो मुख्यतया /
घरमा अरु सदस्यहरुले पनि प्रयोग गर्ने भएमा बा निजि प्रयोग एकल रुपमा गर्ने जे होस् यहानेर सिक्नु पर्ने कुरा के छ भने दार्ही काटिसकेपछी दत्त चित्त भएर रेजर, ब्रस,र साथमा उपयोगमा आएका सामानहरु सफा गरि यथा स्थानमा राख्ने आदत यसबेला देखि नै बसाल्नु पर्छ/ यो कामलाई आफ्नो कर्तव्यको रुपमा अङ्गीकार गरि नियमित पालना गर्ने मानिसको भबिष्य अरु क्षेत्रमा पनि उज्ज्वल हुने कुरा बिर्सनु हुदैन/ यो काम शुरुको अबस्था देखि नै आदत को रुपमा बानि बसाल्नु पर्छ/ शुरुको अबस्थामा यति कुरा सिकेर अगाडी बढ्न न सक्ने मानिस अरुको लागि बोझ र स्वार्थ प्रेरित हुन जाने कुरा निश्चित रुपमा ठोकुवा गर्न सकिन्छ/घरमा भएका सबै सदस्यहरुले आफ्नो आफ्नो दायित्य पुरा गरेन भने त्यो घर भांड भैलो को रुपमा स्थापित हुन जान्छ र कहिले काही बाहिरबाट आगन्तुक हरु आउदा उनीहरु बाथरूम प्रयोग गर्न त अबस्य पनि गइ हाल्छन र त्यो समयमा उनीहरुले जे जस्तो अबस्थामा बाथरूम देख्छन त्यसबाट त्यो परिवारको छबी मनमा बनाएर फर्कन्छन/ त्यो मात्र न भएर स्वस्थ्य जीवन बाच्नको लागि र मानसिक बिकाशको लागि पनि सफा बाथरुमको भूमिका ठुलो हुन्छ/ बाथरूम सम्बन्धि आदत जस्तो बसाल्यो पछी सम्म त्यस्तै भएर जान्छ/
ट्वाइलेट,सावर, सिंक र प्रयोग गरेको तौलिया समेतको दैनन्दिन को निर्बाह धोई पखाली सुकाई अर्को पटकको प्रयोगको लागि ठिक पारेर राख्नु र घरको प्रत्येक सदस्यले आफ्नो दायित्य पुरा गर्नु जस्ता काम शुरु देखि सिकेर अभ्यास गर्दै जाने विद्यार्थीको भबिष्य धेरै नै नै चम्किलो हुन्छ/
यी सबै कारणले गर्दा सबैको बाथरूममा टुथ ब्रस साथ साथै यौटा सानो कैंची अनिबार्य रुपमा राख्ने गर्ने हो भने हरेक दिनको दिनचर्या पछी सर सफा गर्ने दायित्व मेरो हो भनेर यो कैची देख्नासाथ मनमा दायित्य बोध हुन गै बानि लागेपछि एक दिन पनि आफ्नो कर्तब्य पुरा न गरि अगाडी बढ्न मन लागदैन/ यो कैची नै प्रेरणाको श्रोत बन्न सक्छ त्यो व्यक्तिको लागि जसरि मलाइ मेरो बाथरुमको कैचीले यहासम्मको यात्रा गरायो/ धन्यबाद
No comments:
Post a Comment