Saturday, September 17, 2011

गजल

.by Chacha Bihangam on Friday, April 15, 2011 at 7:33am

राजनीति बिबेचना गालि नै गालि देख्छु

मन्त्रीपद सभासद जाली नै जाली देख्छु


देशको भाग्य लम्कियो कता कहाँ छ प्रसासन

वरिपरि भरौटेको तालि नै तालि देख्छु


को छर हेर्ने जन्ताको गास बास र कपास

समाई कुर्सि बस्नेको लागि छाली नै छाली देख्छु


पर्यटकलाई घुमाइ कतै देशको कथा सुनाउ भने

फोहोर थुप्रो वरि र परि नाली नै नाली देख्छु


गाउ र बेशी डुलेर कति पसिना बगाएको

सम्झना आज फर्काउँ भने बालि नै बालि देख्छु

कस्ता दिन गए यस्ता दिन आए भन्छ यो ''चाचा विहंगम''

गाउका भेना लाहुरे सबै शालि नै शालि देख्छु

No comments:

Post a Comment