Friday, September 23, 2011

गतिशिलता

म किनारामा उभिएर सतह बगेको हेरिरहन्छु
योउटा छाल उर्लेर आउंछ
त्यो जान्छ
बिलौंउछ
तर सतह बगिरहन्छ
अबिरल गतिले
के यो छाल गतिशिल हो कि सतह ?
कल्पनामा बगिरहने आकान्छाहरु आउंछन ,
जान्छन मेटिदै
फर्केर आउन्छन बिच्बिच्मा भेटिदै
तर म ठ्म्याउन सक्तिन
कल्पना गतिशिल हो कि आकांछा ?
भावनामा ठडिन्छन कती भव्य महल्हरु
त्यसइगरी ओइरो लाग्छन कती मोटर कार,
म जुटेको हुन्छु दुई सांझ्को गांस र बास जुटाउन
भावनासंग के सरोकार!
कुन हो गतिशिल भावना कि मोटर कार ?
मन्मा त्यसइगरी उठछन आशाका लहर्हरु
छाल र तरङग जस्तै आउंछन
जान्छन ,बिलाउंछन
तर किनारामा उभिएर म हेरिरहेको हुन्छु
सतह बगेको बग्यै हुन्छ
म उभिएको उभियै
ठम्याउन सक्तिन के हो गतिशिल ?
म हुंकी आशा हो गतिशिल ?
तर, म सतहभित्र दुबुल्की मारेर जब पिंधमा पुग्छु
भेट्दै जान्छु एक्पछी आर्को अपार
अपार हिरा मोती र नाना सुबर्णको भण्डार ,
अनी मलाई बोध हुन्छ के रहेछ गतिशिल !
कल्पना कि भावना
आशा कि आकान्छा , मन्को तरङग कुन हो गतिशिल ?
अब बल्ल भेटे जस्तो लाग्छ मलाई गतिशिल
कृया ,कार्य ,कर्म र बर्तमान पो रहेछ गतिशिल !
गतिशील, गतिशिल, गतिशिल
कर्म भन्नु नै कार्य हो ,कार्यमा भेटें मैले गतीशिल!
अब भेटें मेल गतिशिल !कार्य भनेको बर्तमान हो ,
एसैमा रहेछ गतिशिल !!

No comments:

Post a Comment