Saturday, September 17, 2011

बाथरुमको कैंची (२)

.by Chacha Bihangam on Tuesday, September 13, 2011 at 8:48am.आजकल बजारमा प्रशस्त मात्रामा विभिन्न रस रसायन बाट तयार पारिएका प्रसाधन सामग्री हरु थुप्रै भेटिन्छन/ तर त्यसको उपयोग कति सम्म उपयुक्त छ र प्राकृतिक रुपमा सजिलै उपलब्ध हुने सामग्रीको प्रयोगबाट मनिसलाई देखिने उमेरमा कतिको असर परेको हुन्छ भन्ने कुरा बुझ्नु जरुरि छ /तात्कालिक रुपमा आकर्षण र राम्रो देखाइने साधनहरु भविष्यमा गएर हानिकारक साबित हुन सक्दछन /स्वस्थ मानसिकतामा हुर्केको यौटा केटा बा केटीलाई युबाबस्थामा प्रवेश गर्ने बित्तिक्कै बिभिन्न उपयोग प्रयोगमा ल्याएर आफ्नो स्वास्थ्य र सौन्दर्यमा अभिवृद्धि गर्ने क्रियाकलाप टि.भी. रेडियो बा पत्र पत्रिकाको प्रचारबाट सहजै सिक्न अभिप्रेरित गरिरहेका हुन्छन मुनाफाखोरहरु / तर सबैले बुझ्नु पर्छ कि कतिसम्म कवच आफ्नो अनुहारमा लगाएर बास्तबिक भएको भन्दा फरक आकर्षण को लागि देखिनु के राम्रो होला ?बैंशमा श्याल पनि घोर्ले हुन्छ भन्ने उखान अनुसार प्रकृतिले अनुहारमा आफै उमेर अनुसारको आकर्षण पैदा गर्ने हर्मन द्वारा शरीरका प्रत्येक अबयब हरुमा सौन्दर्य , मादकता तथा आकर्षण प्रदान गरिरहेकै हुन्छ /त्यो कुरा न बुझेर प्रचार र प्रसारको भरमा केटीहरु आँखा चिम्लेर लागि परेका हुन्छन /हो ,शरीरमा पैदा हुने मल बिकार जस्तै पसिना, धुलो फोहोरहरु सम्पर्कमा आइ रहने हुँदा यस्ता चिजहरुलाई हटाउन केहि बाह्य सामग्री हरुको आबश्यकता त पर्छ नै जस्तो कि साधारण साबुन ,भाँडा लुगा धुने डिटर्जेंट आदि /साँच्चिकै भन्ने हो भने ओठमा दल्ने लिप्सटिक को आबश्यकता कसैलाई पनि पर्दैन/प्राकृतिक अबस्थाको ओठ र अनुहारमा जतिको सौन्दर्य र मधुरता झल्कन्छ त्यसलाई ढाकछोप गरेको कृत्रिमतामा कहा पाउनु /तर पनि किन समाजमा आडम्बर नै बढी रुचाइएको हो बुझ्न कठिन छ /

शिक्ष्याको कमीलाई एक हिसाबले लिन सकिन्छ कि देख्नमा आए अनुसार शिक्षा हासिल गर्ने अवसर पाएका महिलाहरुमा शृंगार साधनहरु कम उपयोग गर्ने र जति सक्दो साधारण र प्राकृतिक रुपमा नै आफुलाई पेश गर्ने अबधारणा बोकेका पनि पाईन्छन जुन कि सराहनीय छ / यस्ता महिला हरु बाट परिवारमा खर्च को बोझ कम हुन गै आबश्यकीय बस्तुहरुमा खर्च गर्ने क्षमता हासिल हुन्छ / तर हामि सबैले बुझ्नु पर्छ कि आबश्यकताको बाहिर तथ्य न बुझिकन र न केलाईकन देखासिकीको भरमा आँखा चिम्लेर अनुकरण गर्दै बाथरुमको सेल्फमा अटाइ न अटाइ प्रशाधन सामाग्रीहरु जम्मा गर्ने र अन्धाधुन्द प्रयोग गर्ने गरेर उमेरमा उसै पाइने सौन्दर्य जस्तो प्राकृतिक बरदानलाई ढाकछोप गरि पछी बुढापामा गएर पछुताउनु सिबाय केहि हात लाग्दैन होला /

हो म मान्दछु कि शृंगार महिलाहरुको लागि एक आबश्यकीय चर्या हो / प्रशन्न मुद्रामा स्वस्थ मन सबैको सामु प्रदर्शन गर्नमा शृंगार एक अर्काको पुरक भएर आएको हुनु पर्दछ न कि विभिन्न सामग्री हरुले थोपरिएर आफ्नो सही रुप यौवन मा ढाक छोप गरेर उल्टो असर पारोस /

मेरो भन्नुको तात्पर्य यो हो कि यौटा साधारण कैंचीले मलाई जतिको सेवा प्रदान गरेर प्राकृतिक रुपमा युबापन कायम राख्न मदत पुर्याई रहेको छ त्यति नै उपलब्धि हासिल गर्नको लागि अनाबश्यक श्रम ,समय र धन खर्च भै रहेको कुरा हाम्रो समाजमा विद्यमान छ /म यो भन्न सक्छु कि मेरो हराएको कैंची साबुत फेला परेमा बा भेटिएमा म यो बुढेसकालको उमेरलाई अरु दस बर्ष पछी धकेल्न सक्छु भन्ने मेरो अबधारणा रहेको छ / क्रमश:



.

No comments:

Post a Comment