by Chacha Bihangam on Monday, May 9, 2011 at 3:57pm
आफ्नै मुटु काटी कुटी सन्ततिलाई दिन्छ्यौ आमा
दुख सबै समेटेर शिर थापि लिन्छ्यौ आमा
बर्षौ बर्ष हराएर मुग्लानमा बसे पनि
फर्की आउदा आफ्नो छोरा- छोरीलाइ चिन्छ्यौ आमा
संसारमा सबैभन्दा तिमि नै छ्यौ ठुली तर
परि आए बन्धकी भै आफ्नै सृष्टि किन्छयौ आमा
निसन्देह छाती तिम्रो ब्रम्हाण्ड कै तुलनामा
खोजि पस्दा भेटिदैन तिमि बोकी हिंडछ्यौ आमा
No comments:
Post a Comment