Friday, September 23, 2011

गजल-बैगुनी !

बैगुनीको पराकाष्ठा मर्माहत पार्छ किन

मित्रताको अडेसामा गुनको किरा मार्छ किन





डु डु ल्नो नै निल्न खोज्ने यौटा औलो दिदा भने

आफैलाई अग्यानले नीचतामा झार्छ किन





बारी बोट उसको आफ्नै मीठो फल्छ लटरम्म

आरिसे भै मेरो फुल्दो बगैचामा चार्छ किन





आफ्नो भाग पुड़ो सारी अरुलाई लुटाऊंन

मेरो भाग्य उधिनेर दाह्रा गाडी दार्छ किन





लोभी हिड्छ बढी ताक्दै हैसियत गुमाएर

रेखाभित्र मेरो पारि आफ्नो बारी बार्छ किन





पुस्तौ पुस्ता कुकर्मले झनै तल धसिएर

जादापनि चेतनाले ऊँधै बाटो खार्छ किन





कंसल बस्तु असल हुन्न संस्कारैले गिरेपछी

माथि माथि तान्न खोज्दा बिमुख भै हार्छ किन

No comments:

Post a Comment