कति भनु तिम्रो रिस मर्छ भने हाँस
पिरतीको बुटो सानो सर्छ भने हाँस
तिम्रो माया पलाउन आँसु मेरो झारी
मल जल गरि गोड्न पर्छ भने हाँस
कि त भन सफा कुरा चित्त केले दुख्यो
धन छैन धनले केहि गर्छ भने हाँस
मैले देख्दा परि जस्तै ठानी मन्ले रोजें
झुक्कीएकै भए अन्तै घर्छ भने हाँस
जम्का भेट भई हाल्यो मौका किन गुमाउनु
साच्चै तिम्रो दुखि कर्म टर्छ भने हाँस
सफा मन सादा शैली बिशाल यो छाती
तिम्रो पिर मर्का दुवै हर्छ भने हाँस
धुक चुक अझै बाँकी भए कसम खान्छु
नामै ''राम'' अटल हो भर्छ भने हाँस
.
No comments:
Post a Comment